Wednesday, June 28, 2017
Home > नेपाली समाचारहरु > सूचना प्रविधि > ह्वाट्सएपमा भिडियो कल

ह्वाट्सएपमा भिडियो कल

whatsapp

फेसबुक स्वामित्वको ह्वाट्सएपले यही सातादेखि सबै प्रयोगकर्ताका लागि भिडियो कलिङ सुविधा थपेको छ । यो सुविधाका लागि प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अपडेट गर्नुपर्ने हुन्छ । यही सातादेखि एन्ड्रोइड, आईओएस र विन्डोज फोन प्रयोगकर्ताका लागि यो सुविधा सुरु गरिएको हो । ह्वाट्सएपले केही महिनादेखि परीक्षणका रूपमा प्रयोगकर्तालाई भिडियो कलिङ सुविधा दिँदै आएको थियो ।

प्रयोगकर्ताले भिडियो कलका लागि कन्भर्सेसनको माथिल्लो दायाँ भागमा रहेको भिडियो कलिङ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । भिडियो कलिङ फिचर सुरु गरेसँगै ह्वाट्सएपले फेसबुकको म्यासेन्जर, स्काइप, गुगलले केही महिना अघि सार्वजनिक गरेको भिडियो कलिङ एप डुओजस्ता एपसँग प्रतिस्पर्धा गर्नेछ । अहिले संसारभर ह्वाट्सएपका एक अर्ब बढी प्रयोगकर्ता छन् । ह्वाट्सएपले भिडियो कलिङ सुविधा प्रयोगकर्ताबाट सबैभन्दा बढी माग भएको जनाएको छ ।

Comments

comments

Leave a Reply

%d bloggers like this: