Saturday, December 16, 2017
Home > नेपाली समाचारहरु > एनएमए डा केसीको जीवनप्रति गम्भीर नभएको चिकित्सकका ९ संगठनको गुनासो

एनएमए डा केसीको जीवनप्रति गम्भीर नभएको चिकित्सकका ९ संगठनको गुनासो

काठमाडौं– चिकित्सकहरुका पक्षमा एकबद्ध रहन गठिन नेपाल चिकित्सक संघ (एनएमए) डा गोविन्द केसीको जीवनप्रति गम्भीर नभएको चिकित्सकहरुले गुनासो गरेका छन्  ।

संगठनकै एक सदस्य सत्याग्रह सहित जीवनमरणको लडाइँ लडिरहँदा संघ मौन रहेको भन्दै चिकित्सकहरुका अन्य ९ संगठनले ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले आज संघलाई संयुक्त रुपमा पत्र बुझाउँदै डा केसीको सत्याग्रहप्रति एनएमए गम्भीर नभएको उल्लेख गरेका छन् । डा केसीको बिग्रिदो स्वास्थ्य अवस्थालाई मध्यनजर गरी एनएमएको नेतृत्वमा दबाब कार्यक्रम आउनुपर्ने माग उनीहरुको छ ।

विगतमा डा केसीको सत्याग्रहका पक्षमा एनएमएले महत्वपूर्ण भूमिकानिर्वाह गरेको थियो ।तर, यसपल्ट भने एनएमए लगभग मौन देखिएको छ । संघको मौनतालाई विभिन्न तरिकाले अथ्र्याउन थालिएको छ ।

साभारः स्वास्थ्य खबर पत्रिका

dr-kc

Comments

comments

Leave a Reply

%d bloggers like this: