Friday, July 28, 2017
Home > नेपाली समाचारहरु > चिकेन विंग्स पोलेको

चिकेन विंग्स पोलेको

सामग्री :

चिकेन विंग्स १ किलो, सेतो मरिच ४ चम्चा, नुन स्वादअनुसार, खुर्सानीको धूलो १ चम्चा, अदुवा र लसुनको पेस्ट ३ चम्चा, सोया सस १५ मिलिलिटर, कागतीको रस १ चम्चा ।

विधि :

चिकेन विंग्समा सबै मसला मोलेर ५–७ घन्टाजति डिफ्रिजमा राख्ने । त्यसपछि सानो आँचमा तारको जालीको प्लेटमा राखेर पोल्ने । यसलाई टमाटरको अचारमा चोबेर खान सकिन्छ ।

साभारः नारी म्यागजिन

Comments

comments

Leave a Reply

%d bloggers like this: