Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > सूचना प्रविधि > ड्रोन क्यामेरा उडाउने तीन विदेशी पक्राउ

ड्रोन क्यामेरा उडाउने तीन विदेशी पक्राउ

बिना अनुमति ड्रोन क्यामेरा आकासमा उडाएर तस्बिर लिँदैगरेका तीन विदेशीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मुलुककै अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुल आसपासको दृश्य लिएको सूचनाका आधारमा दुई अमेरिकी र एक ब्रिटिस नागरिकलाई नियन्त्रणमा लिइएको पर्वत प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अमेरिकी नागरि रोवर्ट माइकल केम्तोन, हल स्पेच्सर र ब्रिटिस नागरिक लुरी डेभिड ओस्नोर्न रहेको प्रहरीले जनाएको छ । पक्राउपछि प्रहरीले उनीहरुको साथमा रहेको ड्रोन नियन्त्रणमा लिएर छाडिएको जनाएको छ ।

‘स्थानीयले दिएको सूचनाका आधारमा खोज्दै जाँदा ड्रोन उडाएको देखियो,’ पर्वत प्रहरी प्रवक्ता दीपक पातलीले भने, ‘बिना अनुमति उडाएको पाइएपछि नियन्त्रणमा लिइएको हो ।’

ड्रोन क्यामेराबाट तस्बिर वा भिडियो कैद गर्न गृह मन्त्रालय, पर्यटन बोर्ड हुँदै स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान छ ।

सुरक्षा निकायको निगरानीमा बस्ती र सुरक्षा संबेदनशिलता भन्दा एक किलोमिटर टाढाको दुरीमा मात्रै उडाउन अनुमति दिइने पातलीले बताए । उनीहरुले बिनाअनुमति स्थानीयले अवरोध गर्दागर्दै खिचेका तस्बिर तथा भिडियो लिएको प्रहरीले जनायो ।

पर्वतमा निर्मित मुलुककै अग्ला तीन झोलुङ्गे पुल पर्यटकिय हिसावले पनि निकै मनोरम र आकर्षक भएकोले उनिहरुले त्यहाँको दृश्य कैद गर्न खोजेको प्रहरीको अनुमान छ ।

सोमबारदेखि खुल्ला भएको कुश्मा–मुडिकुवा, कुश्मा–ज्ञाँदी र कुश्मा–कैया पुल अहिले बिदेशी तथा आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेका छन् । तिनै पुलमा बसेर विश्वकै गहिरो खोँच बनाएको कालीगण्डकी र मोदीखोलाका मनोरम दृश्य क्यामेराका कैद गर्नेहरुको ठूलो भिड लाग्नेगरेको छ ।

flying-drones-easier-than-ever

साभार: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: