Saturday, November 18, 2017
Home > नेपाली समाचारहरु > अब ट्याक्सीमा विद्युतीय बिल प्रणाली

अब ट्याक्सीमा विद्युतीय बिल प्रणाली

मंसिर १६, २०७३- सरकारले ट्याक्सीमा विद्युतीय प्रिन्टर/बिल प्रणाली लागू गर्ने भएको छ ।

यात्रु ठगीबाट रोक्न र विश्वसनीयताका लागि बिल प्रणाली लागू गर्न लागेको हो । कात्तिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपभोक्तालाई सुविधा दिन बिल प्रणाली कार्यान्वयन गर्ने जनाएपछि सोहीअनुसार गुणस्तर तथा नापतौल विभागले प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार विद्युतीय बिल प्रणालीबारे व्यवसायीहरू पनि सकारात्मक छन् ।

पहिलो चरणमा नयाँ ट्याक्सीबाट लागू गरिने- ट्याक्सी गुडेको आधारमा सर्वसाधारणले बिल पाउँछन्- मंसिर महिनाभित्रै सुरु गर्छौं : गुणस्तर विभाग

‘ट्याक्सीमा विद्युतीय प्रिन्टर बिल प्रणाली हुँदा विश्वसनीयता बढ्छ । ठगीबाट सर्वसाधारण पनि जोगिन्छन्,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘प्रणालीमा व्यवसायीहरू सकारात्मक रहेकाले मंसिर अन्तिमबाट कार्यान्वयन गर्नेछौं ।’

स्रोत: कान्तिपुर दैनिक

 

Comments

comments

Leave a Reply

%d bloggers like this: