Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > भारतबिरुद्ध नेपालको लज्जास्पद हार

भारतबिरुद्ध नेपालको लज्जास्पद हार

मंसिर १७, २०७३ थाईल्याण्डमा जारी एसीसी वुमेन्स क्रिकेटअन्तरगत आफ्नो अन्तिम खेलमा समेत नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।

 

कम्तीमा एउटा टेष्ट राष्ट्रलाई पराजित गर्ने लक्ष्य सहित थाईल्याण्ड गएको नेपाली टोली लिग चरणका पाँच वटै खेलमा पराजित हुदै घर फर्किकएको छ । नेपाललाई ९९ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारत सतप्रतिशत नजिता सहित प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । भारतले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ३ वल खेलेपनि मात्र २१ रन जोड्न सक्यो । नेपालले बनाएको २१ रन अन्तराष्ट्रिय महिला क्रिकेटको इतिहासमा अहिलेसम्मकै सवैभन्दा कम स्कोर हो ।

चार जना ब्याट्स वुमेन्स डक आउट भएको नेपाली इनिङ्समा कसैले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्न पुनम यादवले ३ तथा अनुजा पाटिल र सबिनेनी मेघनाले समान २–२ विकेट लिए । यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २० रन बनएको थियो । नटआउट रहँदै शिखा पाण्डेले ३९ र कप्तान हरमनप्रित कौरले १४ रन जोडेपछि भारत उच्च योगफल बनाउन सफल भयो । दुवैले छैठौं विकेटका लागि ६ ओभर ४ वलमा ५१ रनको साझेदारी गरे ।

कप्तान रुबिना क्षेत्रीले २ तथा सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिए । आफ्नो स्पेलमा सीताले मात्र १२ रन खर्चेर एक विकेट लिएपनि नेपाली अन्य बलर भने महंगो सावित भए । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: