Wednesday, August 23, 2017
Home > नेपाली समाचारहरु > मेरो उमेर गएको छैन

मेरो उमेर गएको छैन

भाद्र १६, २०७३-

सन्ध्या केसी, अभिनेत्री

सातामा कतिवटा कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ? 
म इमेज च्यानलका दुई कार्यक्रम ‘म्युजिक अफ योर च्वाइस’ तथा ‘एसएमएस एण्ड मोर’ मार्फत सातै दिन दर्शकमाझ पुगिरहेकी छु । त्यसका साथै विभिन्न सार्वजनिक समारोहहरूमा कार्यक्रम सञ्चालिकाका रूपमा पनि सक्रिय छु ।

भिजेइङ गर्दा गर्दै चलचित्रमा पनि आउनुभयो नि ? 
मैले चलचित्र ‘ड्रिम्स’ मा अतिथि कलाकारका रूपमा छोटो भूमिका निर्वाह गरेकी छु । मेरो उक्त भूमिका दर्शकले मन पराएपछि अभिनयमा सक्रिय हुने दबाब बढिरहेको छ ।

सोलो नायिका बन्ने चर्चा थियो, के भैरहेको छ ? 
उमेर गएको छैन, भर्खर त २२ वर्षकी भएँ । चलचित्रको विषय, कथा तथा मेरो रुचि नमिलेकाले मात्र ढिला भएको हो । म कुनै न कुनै दिन नायिकाका रूपमा दर्शकमाझ आउनेछु ।

स्रोत: साप्ताहिक पत्रिका

Comments

comments

Leave a Reply

%d bloggers like this: