Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > युवतीमाथि सामूहिक बलात्कार

युवतीमाथि सामूहिक बलात्कार

मंसिर १७, २०७३- महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको बेला बर्दियामा एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर(अरहर) बारीमा ती युवतीलाई जबर्जस्ती मुख थुनेर तीनजनाले बलात्कार गरेको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए । घटनामा संलग्न भएको आरोपमा गुलरिया—७ का मनिष गुप्तालाई पक्राउ गरिएको छ ।

शनिबार नेपाली सेनामा भर्ना हुनका लागि शारीरिक व्यायाम र नियमित दौड गर्दै गरेको अवस्थामा बिहान करिब ६ बजे ती युवती सामूहिक बलात्कार भएकी हुन् ।

स्रोत: कान्तिपुर दैनिक

Comments

comments

Leave a Reply

%d bloggers like this: