Wednesday, August 23, 2017
Home > नेपाली समाचारहरु > राष्ट्रपति भवन शितल निवास पुनर्निर्माण गर्न १ अर्बभन्दा बढी लाग्ने

राष्ट्रपति भवन शितल निवास पुनर्निर्माण गर्न १ अर्बभन्दा बढी लाग्ने

shital-niwas

काठमाडौं  – सरकारले राष्ट्रपति कार्यालय शितल निवास र उपराष्ट्रपति कार्यालय बहादुर भवनको पुनर्निर्माणको प्रक्रिया सुरु गरेको छ । २०७२ सालको भूकम्पले भीभीआईपीको कार्यालय तथा निवासस्थलमा समेत असर पु¥याएकाले पुनर्निर्माणको कामलाई सरकारले अघि बढाउन थालेको हो ।

राष्ट्रपति कार्यालय शितल निवास पुनर्निर्माणका लागि झन्डै १ अर्ब लाग्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले अनुमान गरेको छ । एकाइका आयोजना प्रमुख शिवहरि शर्माका अनुसार राष्ट्रपति कार्यालयले सबै भाग भत्काएर पुनर्निर्माण गर्न भनेको छ ।

तर आयोजना कार्यान्वयन एकाइले भने कार्यालयको पछाडिको भाग पूरै भत्काएर बनाउने तर अगाडिको भागमा रेट्रोफिटिङ गर्नेबारे अध्ययन गरिरहेको छ । रेट्रोफिटिङ गर्ने कि पूरै भत्काएर बनाउने भन्नेमा अध्ययनका लागि दुई÷चार दिनभित्रै कन्सल्ट्यान्ट नियुक्त गर्ने तयारी भइरहेको शर्माले जानकारी दिए ।

शर्माले भने–

–राष्ट्रपति कार्यालय शितल निवासको पुनर्निर्माणको काम सुरु भयो ।

–यो कार्यालय पुनर्निर्माणका लागि १ अर्बभन्दा धेरै खर्च लाग्ने हामीले अनुमान गरेका छौँ ।

– शितल निवास भवनको पछाडिको भाग पूरै भत्काउनुपर्ने पहिलो अध्ययनको निष्कर्ष थियो ।

–अगाडिको भाग सुरक्षित रहेको हाम्रो निष्कर्ष रहेको छ । पुनः सम्पूर्ण भागको अध्ययन गरेर पूरै भत्काएर बनाउने वा अगाडिको भागलाई रेट्रोफिटिङ मात्र गरेर पछाडिको भाग मात्र बनाउने भन्ने निष्कर्षमा पुग्न सक्छौं ।

–तर राष्ट्रपति कार्यालयले पूरै भवन भत्काएर नयाँ बनाउन भनेको छ ।

बहादुर भवन रेट्रोफिटिङ गरिने

उपराष्ट्रपतिको कार्यालय बहादुर भवनको रेट्रोफिटिङ गरिने भएको छ । रेट्रोफिटिङका लागि डिजाइनको काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख शिवहरि शर्माले बताए ।

शर्माले भने–
–उपराष्ट्रपतिको कार्यालयलाई नभत्काई रेट्रोफिटिङ गर्ने योजना बनेको छ ।
–बहादुर भवनलाई भत्काउनुपर्ने किसिमको असर परेको छैन ।
–रेट्रोफिटिङका लागि ड्रइङ÷डिजाइन गर्न कन्सल्ट्यान्ट नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ ।
–कन्सल्ट्यान्ट नियुक्त गर्न चार महिना लाग्ने भएकाले अर्को वर्षबाट बहादुर भवनको रेट्रोफिटिङको काम सुरु हुने भएको छ ।

सिंहदरबार पुनर्निर्माण गर्न प्रधानमन्त्री कार्यालयका सचिवको निर्देशन
यसैबीच, सिंहदरबार जाने मुख्य प्रवेशद्वार अगाडिको प्राचीन राणाकालीन भवनका साथै अन्य क्षतिग्रस्त भवनको पुनर्निर्माण कार्य अगाडि बढाउन प्रधानमन्त्री कार्यालयका सचिव टंकमणी शर्माले निर्देशन दिएका छन् ।
शुक्रबार सचिव शर्माले प्रधानमन्त्री कार्यालयमा सहरी विकास तथा भवन निर्माण विभागका निमित्त सचिव शम्भु केसी, सिंहदरबार पुनर्निर्माण आयोजनाका प्रमुख रामचन्द्र दङ्गाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायतका अधिकारीहरुसहितको बैठकको ठाकेका थिए । बैठकले सिंहदरबारको पुनर्निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै यथाशीघ्र काम सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव टंकमणी शर्माले भने–
– सिंहदरबार पुनर्निर्माणका लागि प्रधानमन्त्रीले बारम्बार चासो राख्नुभएको छ । सिंहदरबारको कुन भाग मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ, कुन भाग पूरै भत्काएर बनाउनुपर्ने हो, त्यसको ठोस योजना ल्याउनुप¥यो ।
– सिंहदरभित्र भत्किएका भवनहरु उस्तै हालतमा छन्, यसको सुधारका लागि के–के गर्न सकिन्छ भोलिदेखि नै काम सुरु गर्नुप¥यो ।

– सिंहदरबार पुनर्निर्माण समितिका प्रमुख दंगालले सिंहदरबारको पछिल्लो भाग एक वर्षभित्रै मर्मत सम्भार गर्न सकिने र अघिल्लो भाग भत्काएर पुनर्निर्माण गर्नुपर्ने बताए ।
– यसअघिको प्रधानमन्त्रीको कार्यालयसमेत रहेको सिंहदरबारको मुख्य भवनमा २०३० सालमा आगलागी भएर क्षति पुगेको थियो ।
– यो भवनको एकातिरको भागको पुनर्निर्माण २०३८ सालमा सकिएको थियो ।
– भवनको पश्चिमतिरेको भागमा भएको क्षतिको अध्ययनपछि मात्र भत्काउने वा रेट्रोफिटिङ गर्ने भन्ने निष्कर्षमा पुगिने ।
– भवनको बाँकी भागमा भने रेट्रोफिटिङ गरिने ।

सिंहदरबार पुनर्निर्माणका लागि छिट्टै अर्को बैठक बसेर निर्णय गरिनेसमेत प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: