Wednesday, June 28, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > चेल्सीसँग हार्‍यो म्यानचेष्टर सिटी, एग्युरोले पाए रातो कार्ड

चेल्सीसँग हार्‍यो म्यानचेष्टर सिटी, एग्युरोले पाए रातो कार्ड

१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले उपाधिको दाबेदार म्यानचेष्टर सिटीमाथि शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा एन्टोनिओ कोन्टेको चेल्सीले पेप ग्वार्डिाओलाको सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । यो जितसँगै चेल्सीले लिगमा ४ अंकको अग्रता लिएको छ ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले उपहार गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा ग्यारी काहिलले आफ्नै पोष्टमा गोल गरे ।

तर, दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्‍यो । ६० औं मिनेटमा डिएगो कोष्टले बराबरी गोल फर्काए । ७० औं मिनेटमा चेल्सीले काउन्टरमा गोल गर्‍यो । विलियनले उत्कृष्ट गोल गरे ।

खेलको निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा काउन्टरमै इडेन हजार्डले गोल गर्दै जित सुनिश्चित गरे । यो लिगमा हजार्डको आठौं गोल हो भने चेल्सीको लगातार आठौं जित ।

खेलको अतिरिक्त समय केही तनावपूर्ण भयो र, सिटीका खेलाडीहरुले अनुशासन कायम राख्न नसक्दा दुई खेलाडीले रातो कार्ड पाए ।

स्ट्राइकर सर्जिओ एग्युरोले डेभिड लुइसलाई फल गरे । त्यही विवादमा फर्नान्डिहोले सेस फेबि्रगासको घाँटी अठ्याउन पुगे र, दुबैले रातो कार्ड पााएर मैदान छाड्नु पर्‍यो ।

जितसँगै चेल्सी १३ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा रहेको सिटीको ३० अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।

Comments

comments

Leave a Reply

%d bloggers like this: