Sunday, July 23, 2017
Home > नेपाली समाचारहरु > डा केसी र सरकारबिच १२ बुँदामा सहमति हुँदै, अनशन भोली तोडिने

डा केसी र सरकारबिच १२ बुँदामा सहमति हुँदै, अनशन भोली तोडिने

काठमाडौं– अनशनरत डा गोविन्द केसी र सरकारबिच १२ बुँदामा सहमति हुने देखिएको छ । डा केसी पक्षधर र सरकारी टोलीले तय गरेका १२ बुँदामा केसीले केही कुरा थप गरेपछि सहमतिमा हस्ताक्षर हुन विलम्ब भइरहेको  छ ।

उक्त सहमतिलाई मन्त्री परिषद्को पहिलो बैठकले पास गर्नुपर्ने, दुई हप्ताभित्रै न्यायिक आयोग गठन हुनुपर्ने लगायतका कुरा डा केसीले थपेका छन् । यी दुईटै विषयमा सहमति भएपनि समयसीमा तोकिएको थिएन । उक्त थपिएका विषयलाई लिएर डा केसी पक्षधर सरकारी वार्ता टोलीलाई भेट्दैछ ।

सहमतिमा आजै राति हस्ताक्षर हुने संभावना भएपनि  अनशन भने भोलि तोडिनेछ । डा केसीले भने भोलि नै आफ्ना समर्थक माझ  सहमतिमा हस्ताक्षर गरी अनशन तोड्ने मनसाय व्यक्त गरेका छन् । तर, दुवै पक्षले सहमतिमा आजै हस्ताक्षर गराउने प्रयास गरिरहेका छन् ।

अनशन भने भोलि बिहान १० बजे तोड्ने  बताइएको छ ।

स्रोत: स्वास्थ्य खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: