Sunday, July 23, 2017
Home > नेपाली समाचारहरु > भारतको डिजाइमा देश चल्यो : वैद्य

भारतको डिजाइमा देश चल्यो : वैद्य

मंसिर १८, २०७३- नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले सरकार टिकाउने खेलमा जथाभावी सिमांकन हेरफेर गर्न खोज्दा मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताएका छन् । सबैको सहमती बिना संविधानसभा निर्वाचन गराएर बहुमतको बाहानामा निर्णय गर्नाले मुलुकमा राजनीति निकास ननिस्किएको उनले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको शनिबार मरन्ठानामा आयोजित भेलालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र विदेशीको चाकडीमा लागेको आरोप लगाए । ‘भारतको चाकडी गर्नेहरुलाई सत्ताबाट हटाउनका लागि १२ वर्षे युद्ध सागै गर्‍यौ । संगै यूद्ध लडेकाहरुले अहिले भारतकै चाकडी गरेर देशलाई बर्वाद पारे,’ उनले भने ।

संसदीय प्रक्रियामा गएर भारतको दलाली गर्दै सरकार टिकाउने खेलमा लागेपछि बाध्य भएर प्रचण्डसँग अलग हुनुपरेको उल्लेख गर्दै वैद्यले अहिलेको सीमांकन पनि भारतकै इसारामा फेरवदल हुन खोजिरहेको दाबी गरे । ‘जनता चनाखो हुनुपर्छ । हामी सधौ जनताकै साथमा छौ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतकै इसारामा तराइलाई पहाडसँग अलग्याएर एक मधेस, एक प्रदेश बनाउन खोजेको उनको आरोप छ । ‘सिमांकनको विवाद जनताको अभिमतबाट टुंग्याउनुपर्छ,’ उनले भने, ‘काठमाडौंमा बसेर आफू अनूकुल प्रदेश परिवर्तन गर्न पाइँदैन् ।

संविधानसभा निर्वाचनदेखि नै संविधान जारी गर्ने प्रक्रियाको विरोध गर्दै आइरहेको बताउँदै उनले सीमांकन हेरफेरमा जनताले गरेको आन्दोलनलाई समर्थन रहेको बताए ।

स्रोत: कान्तिपुर दैनिक

Comments

comments

Leave a Reply

%d bloggers like this: