Saturday, October 21, 2017
Home > नेपाली समाचारहरु > केपी ओलीले भने- बुढेसकालमा माताजीसित हुँदैन !

केपी ओलीले भने- बुढेसकालमा माताजीसित हुँदैन !

देशलाई पर्दा टाउको लुकाउँछु भने मैले दु:ख पाएको किन ?

 

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आइतबार साँझ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा विभिन्न मिडियाका सम्पादक एवं अग्रज पत्रकारहरुसँग अन्तरक्रियामा सहभागी भए । त्यहाँ उनले एकजना सन्यासी र माताजीवीचको यौन सम्बन्धबारे एउटा रोचक कथा सुनाएर अहिलेको राजनीतिक मुद्दामा आफ्नो अडान कस्तो हुन्छ भन्नेबारे दृष्टान्त दिए ।

पत्रकारले एमाले अध्यक्ष ओलीलाई बेलाबेलामा अडान लिने र कहिलेकाहिँ सम्झौतामा पनि आउने गरेको भन्दै अबको परिस्थितिमा संविधान संशोधनबारे अडान लिइरहने कि चुनावको वातावरण बनाउने भन्ने आशयको जिज्ञासा राखेका थिए ।

जवाफमा ओलीले भने- ‘प्रधानमन्त्रीजी (प्रचण्ड) ले चर्को विरोध नगरिदिनोस् भन्नुभयो । उहाँले आफूलाई अहिले पनि ठूलो खेलाडाी ठान्नुहुन्छ, तर उहाँले के-के गर्नुहुन्छ भन्ने त हामीले त देखिराखेका छौं । त्यो प्रस्ताव फिर्ता गर्नुहोस्, चुनाव गरौं ।’

अबको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफमा ओली केही खुलस्त एवं भावुक रुपमा प्रस्तुत भए । उनले भने- ‘हामी यत्रो लामो समय लडेको किन त ? म कहिले-कहिले आफैंलाई यसो सोच्छु क्या ! १४ वर्ष जेल किन बसें ? त्यत्रो भूमिगत किन बसें ? किन मैले दुःख कष्ट गरें ? देशका लागि ।’

ओलीले थपे- ‘देशलाई नै पर्दाखेरि चाँहि म कछुवाले जसरी यसो टाउको भित्र हाल्छु भने मैले त्यो दुःख पाएको किन ? उहिले नै मैले अलिकति फरक बाटो लिएको भए हुन्थ्यो होला नि त । म गल्ती गर्नेवाला छैन फेरि ।’

यति भनिसकेपछि पूर्वप्रधानमन्त्री ओलीले कथा सुनाए । उनले दुईदर्जनबढी पत्रकारहरुसँग भने- ‘म तपाईहरुलाई एउटा किस्सा पनि सुनाइदिन्छु ।’

कथाः केपी ओलीकै शब्दमा

एकजना साधु थिए । बाल ब्रह्मचारी । अत्यन्तै बाल ब्रह्मचारी । लामो समयदेखिको अविवाहित । बहुत निष्ठावान् । उनले बहुत अभ्यासहरु गरे ।

गाउँलेहरुले उनलाई कुटी बनाएर राखिदिए । एउटी जोगिनी, सन्यासिनी, माताजी पनि त्यहाँ बस्ने गरिन् ।

गाउँलेहरुले प्रसादहरु लगिदिएर सहयोग गर्थे ।

एक दिन बिहानै प्रसाद लिएर जाँदाखेरि ती बूढा जोगीले भने- अब मलाई तपाईहरुले प्रसाद स्रसाद ल्याउनुपरेन । मलाई दर्शन गर्न आउनु पनि परेन । अब म सन्यासी रहिनँ ।
‘के भो बाबा के भो ?’

‘माताजीसँग मेरो अलिकति यस्तोउस्तो भो । म सन्यासी रहिनँ अब । त्यसकारण अब मलाई केही गर्नुपरेन ।’

‘बुढेसकालमा अब माताजीसँग हुँदैन’

बूढा जोगीको कथा सुनाइसकेपछि ओलीले थप व्याख्या गर्दै भने- ‘त्यसै गर्ने हो भने बीसै वर्षमा गरेको भए हुन्थ्यो नि त । ८० नाघेपछि यो कुनै तरिका हो ? न उमेरको आनन्द भो, न सन्यास । यता पनि छैन, उता पनि छैन ।’

त्यसपछि जोगीसँग आफूलाई सामान्यीकरण गर्दै ओलीले भने-‘जिन्दगी त जेलमा बित्यो ठीक छ । जिन्दगी त संघर्षमा बित्यो ठीक छ । भूमिगत हिडिँयो, ठीक छ । युवाअवस्थामा दुखकष्ट गरियो ठीक छ ।’

एमाले अध्यक्ष ओलीले भने- ‘बुढेसकालमा अब माताजीसँग…. हुँदैन ।’

स्रोत: अनलाइन खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: