Sunday, July 23, 2017
Home > नेपाली समाचारहरु > डाक्टर केसीले २२ अौं दिन अनसन तोडे

डाक्टर केसीले २२ अौं दिन अनसन तोडे

१२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

 

वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्।

केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार अहिले केहीबेरमा केसीले जुस पिउँदैछन्। ‘१२ बुँदे सम्झौतापत्रमा उहाँले हस्ताक्षर गर्नुभएको छ,’ सिंहले सेतोपाटीसँग भने, ‘केही छिनपछि जुस पिउँदै हुनुहुन्छ।’

शनिबार राति त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमतिलगायत सहमति भएको थियो।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा। केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको हो।

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: