Saturday, February 24, 2018
Home > नेपाली समाचारहरु > स्वरसम्राट नारायण गोपालको स्मृति दिवस आज

स्वरसम्राट नारायण गोपालको स्मृति दिवस आज

मंसिर १९, २०७३   नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २५  औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिदैछ ।

 

बिसं १९९६ मा असोज १८ गते काठमाण्डौको किलागलमा जन्मिएका उहाँको निधन बिसं २०४७ मंसिर १९ गते भएको थियो । नारायण गोपालको सम्झनामा आज नारायण गोपाल संगीत कोषलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा दिउँसो   सांगितिक कार्यक्रमको आयोजना गरिएको छ ।

उहाँका म त लालीगुराँस भएछु ,ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो, एउटा मान्छेको मायाले कति लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् ।

उहाँलाई २०२३ सालमा सर्बोत्तम संगीतकार, २०२४ सालमा सर्बोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरुस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।

उहाँका म त लालीगुराँस भएछु ,ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो, एउटा मान्छेको मायाले कति लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् ।

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: