Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > यसरी गरौं रुघा–खोकीको रोकथाम

यसरी गरौं रुघा–खोकीको रोकथाम

प्राय: मौसम परिवर्तनसँगै रुघा-खोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोई ब्यक्ति यस्तो होला, जो आफ्नो जीवनमा कहिले पनि रुघा-खोकीबाट पीडित नभएको होला । रुघा खोकी बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो । बर्षमा एक-दुई पटक धेरैजसोलाई रुघा-खोकी लागेकै हुन्छ । प्राय: रुघा–खोकीलाई हामी साधारण सम्झेर बढी ध्यान दिंदैनौ ।

lalitसामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भनिन्छ । कारण:- (१) सय कडौ प्रकारका वायरस छन्, जसमध्ये रानोवायरसको संक्रमणबाट रुघा लाग्ने गर्दछ । धुलो, धुवाँ, प्रदुषण, बदलिंदो मौसम ईत्यादीबाट एलर्जी हुनु । (२) चिसोबाट एका-एक गर्मीमा या गर्मीबाट इक्कासी चिसोमा आउनु । (३) एकदमै चिसो कुरा खाईदिनु । (४) ईम्युनिटीपावर अर्थात शरिरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु । (५) गलत आहार बिहार हुनु । कब्जियत र अपच हुनु । (६) शारीरिक र मानसिक तनाव हुनु । (७) कहिले बेक्टेरियाबाट इन्फेक्शन हुनु । (८) ईम्युनिटी पावर कम हुनाले तथा एलर्जनकोप्रति अत्यधिक संबेदनशिल हुनाले रुघा बारम्बार तथा लगातार लागिरहन्छ । (९) ऊच्च रक्तचाप, मधुमेह, मुटुको रोगी, केटा-केटी तथा बुढापाकाहरु रुघाप्रति बढी संबेदनशिल हुन्छन ।

लक्षण:- रुघाका लक्षणहरु निम्न लिखित छन् । (१) चिसो लाग्नु र हाँक्छ्यु आउनु । (२) आखाँ रसाउनु तथा नाकबाट पानी बग्नु । (३) टाउको भारी हुनु , दुख्नु । नाक बन्द हुनु । (४) हाँछ्यु आउनु । (५) घाँटीमा खस-खस हुनु । (६) सुख्खा खोकी लाग्नु । (७) स्वर मोटो हुनु या भासिनु । (८) टाउको दुख्नु , जिउ दुख्नु , कहिले काही हल्का ज्वरो आउनु । (९) मानसिक रुपमा झिंझो लाग्नु । (१०) अल्छि लाग्नु ।

रुघा सर्ने तरिका:- रुघाबाट पीडित ब्यक्ति ले हाँक्छ्यु गर्दा या खोक्दा वायरस युक्त खकारको सा-सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ । स्वस्थ्य ब्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघ फैलिन्छ ।

बचाव:- बराबर हातधुनु , ब्यक्तिगत सर-सफाईमा ध्यानदिनु रुघाबाट बच्ने उतम उपाय मानिन्छ । मुखमा मास्क लगाउनु । भिडभाड हुने ठाउँ जस्तै- सिनेमा हल, आमसभा, मेला आदिमा नाजाने । रुघा-खोकीबाट पीडित ब्यक्तिको सम्पर्कमा नआउने । अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्युपेपरको प्रयोग गर्ने । संक्रमित ब्यक्तिको भाँडा-कुँडा, लुगा-फाटा, बेडसिट आदि शेयर नगर्ने । पुराना किताबहरु या आलमिरा, कारपेट आदिको समय समयमा सफाइ गरिराख्नु पर्दछ । बिहान उठ्ने बित्तिक्कै नाड्गो खुट्टाले हिडने । गर्मीबाट चिसो वा चिसोबाट गर्मीमा एकाएक नजाने । चिसो, धुलो, धुवाँबाट बच्ने । वाईक, स्कुटर, साईकल चलाउँदा नाकमुख राम्रोसगं छोप्ने गरी रुमाल बाध्ने । चिसो तथा चिसो हावाबाट बच्ने प्रयास गर्ने ।

रुघा-खोकीको घरेलु उपाय:- रुघा-खोकी लागेमा आफिस वा स्कुल, कलेज नजाने ।  घरमा प्रयाप्त आराम गर्ने, आराम गर्नाले रुघा छिट्टै निको हुन्छ । गरम पानी, सुप, झोलीयपदार्थ आदि प्रर्याप्त मात्रामा लिने गर्नु पर्दछ । आलु, बैगन, गाजर फर्सी, लौका, शिशीकोअचार, दही, चिसो, अमिलो तथा गुलियो पदार्थहरुको सेवन नगर्ने। अदुवाको एक सानो टुक्रा पानीमा उमालेर त्यसमा एक चिम्टी नुन हालेर गार्गिलिङ गर्ने । यसवाट गलाको दर्द, नाक बन्द, गलामा खिस-खिस आदिमा आराम हुन्छ । गरम पानीमा भिक्स हालेर बाफ लिनले पनि श्वास नलीमा टाँसिएर बसेको कफ खुकुलो भएर बाहिर निस्किन्छ र आराम महशुस हुन्छ । तुल्सीको पात, अदुवा, कालो मरिच एवं ल्वाँगको मिश्रण मसाला युक्त चिया-रुघा खोकीमा अत्यन्तै लाभदायक हुन्छ । अलिकति अदुवाको रस-गरम गरेर मन तातो भएपछि अलिकति मह मिसाएर सेवन गर्नाले पनि फाईदा गर्दछ । यसैगरी एक गिलास तातो दुधमा एक चुट्की बेसार एवं सौफको धुलो राखेर पिउनाले पनि आराम मिल्दछ । उपरोक्त ऊपायहरु मध्ये आवश्यकता अनुसार स्रोत-साधनले भ्याएसम्म कुनै एक-या दुई वटा उपाय ब्यवहारमा ल्याउने हो, सबै होइन ।

उपचार:- आधुनिक मेडिकल साईन्समा रुघाको कुनै औषधी छैन । रूघाको बारेमा एउटा प्रचलित उखान नै छ, “रुघा औषधि खाएपनि सातदिनमा ठिक हुन्छ । नखाएपनि सातदिनमा ठिक हुन्छ ।” सामान्यतय रुघा–खोकीको उपचारमा भोजनमा दिइने ध्यान र आरामको राम्रो व्यवस्था नै हो । घरमै आराम गरी बसेमा पाँच-सातदिनमा नै ठिक भईहाल्छ । तर कहिले काही रुघा निको हुनमा दुई-तिन साता पनि लाग्न सक्छ । यसरी माथि उल्लेखित उपायहरु अपनाउदा पनि साता – दस दिनमा आराम भएन भने चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ।

होमियोप्याथिक औषधी:- होमियोप्याथीमा रुघा-खोकीको उपचारमा सामान्यतय रोगीको शारीरिक एवं मानसिक लक्षणहरुको आधारमा प्रयोग हुने केही औषधीहरु निम्न लिखित छन् । जस्तै, एकोनाईट, एलिएमसिपा, युफ्रेशिया, नक्सभोमिका, नेट्रमम्युर, मर्कसल, हिपरसल्फर, सेम्बुकस, एमोनकार्ब, पल्साटिला, जस्टिशिया, फेरमफोस, ब्रायोनिया, जेल्सिमियम, रसटक्स, डल्कामारा आदि ।

Mishradr.lk@gmail.com

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: