Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > जे सोचिन्छ त्यो काम गरौं

जे सोचिन्छ त्यो काम गरौं

मंसिर २२, २०७३

हामी हाम्रो वरपर कतिपय त्यस्ता व्यक्ति पाउँछौं जसमा श्रेष्ठता र योग्यता तथा दक्षता भएर पनि तिनीहरू सही अर्थमा सफल देखिँदैनन् । उनीहरू अघि बढे र सानो लक्ष्य प्राप्त भएपछि रोकिए । यसो हुनुको पछाडि कारण हो सकारात्मक सोच र स्पष्ट लक्ष्य भएर पनि तिनमा एक्सनको कमी थियो, संघर्षशीलताको कमी थियो, परिस्थितिका सामु अडिने क्षमताको कमी थियो, जुझारुपनको कमी थियो । आत्मनिरीक्षण गरेर तिनले जीवनमा के प्राप्त गर्नेबारे तय त गरे तर त्यो इच्छामा एक्सनको पावर समावेश गर्न सकेनन् र सबै गडबडी गर्‍यो ।

पावर थिङकिङको तेस्रो सिद्धान्त, पोजिटिभ थिङकिङको अक्रियाशील सिद्धान्तलाई पछाडि छोड्दै व्यक्तिलाई एक्सनतर्फ प्रेरित गर्छ । पावर थिङकिङ एउटा एक्सन आधारित सिद्धान्त हो । यदि व्यक्ति सोच्दै रहन्छ र सोचेर काम गर्न पाएन भने व्यक्ति कहिल्यै लक्ष्यलाई पूर्णरूपमा प्राप्त गर्न सक्दैन ।

सकारात्मक सोच + एक्सन = पावर थिङकिङ

 

प्रथम सिद्धान्त र द्वितीय सिद्धान्त नभई तेस्रो सिद्धान्तका लागि मार्गदर्शन प्राप्त हुन सक्दैन । जब व्यक्ति आत्मनिरीक्षण गर्दैन र ‘जीवनमा के प्राप्त गर्ने’ भन्ने तय गर्दैन, तबसम्म उसले एक्सन कुन दिशामा गर्ने भन्न सक्दैन । तृतीय सिद्धान्तले भने आफ्नो पूर्ण क्षमता र समर्पणलाई आफ्नो लक्ष्यमा लगानी गर्न प्रेरित गर्छ ।

 

काम गर्नका लागि त्यस्ता व्यक्तिको संगत गर्नुपर्छ, त्यस्तो पुस्तक पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, गुण विकसित गर्नुपर्छ, जुझारु रहनुपर्छ, पसिना बगाउनुपर्छ तर डटिरहनुपर्छ । हुनसक्छ, तपार्इंलाई ठट्टामा उडाइएला तर डटेर रहनुपर्छ कारण तिनलाई थाहा छैन उनीहरू के गरिरहेका छन् भन्ने तर तपाईंलाई त आफू के गर्दैछु भन्ने राम्ररी थाहा छ ।

 

आलोचकहरूका अनुसार पोजिटिभ थिङकिङबाट केही फरक पर्दैन, कारण तिनले अनेकौं उदाहरण देखेका छन् जो पोजिटिभ थिङकर भएर जीवनमा केही प्राप्त गर्न सक्षम भएका छैनन् । यो कुरा धेरै हदसम्म सही पनि हो । पोजिटिभ थिङकिङले व्यक्तिलाई असल त बनाउँछ तर सफल हुन्छ वा हुँदैन भन्नेमा भने सन्देह रहन्छ ।

 

पोजिटिभ थिङकिङ र पावर थिङकिङका बीच एक्सन, पसिना बगाउने र अरूको प्रतिरोध सामना गर्नेमा फरक रहन्छ । व्यक्तिसित मर्सिडिज कार छ तर पेट्रोल छैन भने त्यो बेकार हुन्छ, रेफ्रिजेरेटर छ तर बिजुली छैन भने त्यो बेकार हुन्छ । यसैगरी पोजिटिभ विचार भएर त्यसमा एक्सन पावर छैन, चाहना छैन भने त्यो विचारले मात्रै व्यक्तिलाई अपेक्षित उचाइसम्म पुर्‍याउन सक्दैन ।

 

द्वितीय सिद्धान्तका अनुसार आफूले बनाएको लक्ष्यमा काम गर्नका लागि तृतीय सिद्धान्तमा व्यक्तिले ठोस कार्ययोजना बनाएर जबर्जस्ती काम गर्नुपर्छ ।

 

  • आफ्नो सारा लक्ष्यका बारेमा सोच्नुहोस् र तय गर्नुहोस् तिनमा सबैभन्दा जरुरी के छ भन्ने।
  • छोटो र लामो अवधिका लक्ष्यलाई अलग–अलग लेख्नुहोस् ।
  • अब ठूला लक्ष्यलाई स–साना भागमा विभाजन गर्नुहोस् ।
  • सम्पूर्ण लक्ष्यलाई पूरा गर्नका लागि अपेक्षित समयसीमा तय गर्नुहोस् ।

 

स्वयंसित पूर्ण इमान्दारपूर्वक यी प्रश्नहरु गर्नुपर्छ : 

 

अमुक कार्य गर्नमा मेरा सामु प्रमुख बाधा के छ ?
अमुक कार्य विशेष तरिकाबाट गर्ने हेतुले मैले कुन–कुन गुणहरूको विकास गर्नुपर्ने हुन्छ ?
कामलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मैले कुन बानीलाई तत्काल त्याग्नुपर्छ ।
अमुक कार्य गर्नका लागि उपलब्ध संसाधन के छ ?
ती व्यक्ति को हुन सक्छन् जो यो काम सफलतापूर्वक सम्पन्न गर्नमा मेरो मार्गदर्शक वा सहयोगी साबित हुन सक्छ ?

  • यो कामलाई पूरा गर्ने उद्देश्यले मेरो कार्ययोजना के हुनेछ र यसमा कुन समयसीमा लागू हुनेछ रु
  • जब यसरी व्यवस्थित तरिकाबाट कुनै मुद्दामा सोच्नुहुन्छ तब तपाईं अनिश्चितता र भट्कावबाट जोगिनुहुन्छ । तपाईंलाई आफ्नो क्षमता र कमजोरीबारे ज्ञान हुन जान्छ ।

 

सार

 

  • समयसीमायुक्त कार्ययोजजनामा तत्काल काम गर्न प्रारम्भ गर्नुपर्छ ।
  • सम्पूर्ण सम्भावनालाई इमान्दारीपूर्वक खोज गर्नुपर्छ ।
  • लक्ष्य प्राप्तिको मार्गमा स्वयंलाई पुरस्कृत र दण्डित गर्नुपर्छ ।
  • यो सिद्धान्त हिम्मत र दृढ निश्चयमा आधारित छ ।
  • यो अत्यन्त क्रियाशील सिद्धान्त हो, यसैले अरुको प्रतिरोध र समर्थन दुवै प्राप्त हुनसक्छ।
  • यो सिद्धान्तलाई अँगाल्नका लागि श्रेष्ठ संगत र रोल मोडलको आवश्यकता पर्छ ।

 

स्रोत: नारी

Comments

comments

Leave a Reply

%d bloggers like this: