Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > डेटिङमा प्रेमिकाको हत्या

डेटिङमा प्रेमिकाको हत्या

९ दिन अगाडि ललितपुरको बालकुमारीस्थित गुह्रेपोखरीमा एक महिलाको शव फेला पर्‍यो।  

गन्हाएको र पहिचानसमेत हुन सक्ने अवस्थाको शव थिएन। सातदोबाटो प्रहरीमा हराएका मानिसहरुको उजुरी अनुसार प्रहरीले थप अनुसन्धान अघि बढायो। गत असोज ६ गते हराएकी शोभिता खड्का यादवको शव भएको प्रहरीले पत्ता लगायो ।

शोभिताको गत असोज ६ गते नै हत्या गरेर शव पोखरीमा फालेको अभियोगमा प्रहरीले उनीसँगै काम गर्ने २० वर्षका राजु महमदलाई पक्राउ गर्‍यो । लामो समयको अनुसन्धानपछि राजुले नै शोभिताको हत्या गरेको खुल्न आएको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले बताए।

कसरी भयो हत्या

प्रहरीका अनुसार शोभिता र राजु बालुकमारीस्थित हेरिटेज फेसन गार्मेन्ट उद्योगमा २ वर्षभन्दा बढी समय देखि काम गर्दथे। शोभिताका पति वैदेशिक रोजगारका क्रममा विदेश गएका थिए। ११ वर्षे छोराको आमा शोभिता र राजुवीच प्रेम भयो।

उनीहरुबीच शारिरीक सम्बन्ध समेत भयो। शोभिता गर्भवती भइन। त्यसपछि राजुले उनलाई गर्भपतन गराउने औषधिसमेत दिएका थिए। पछिल्लो समय उनीहरुबीच झगडा भयो।

शोभिताले राजुसँग ५ लाख रकम माग गरिन्। नत्र उनले विदेशबाट आउन लागेका आफ्ना श्रीमानलाई सबै कुरा भन्दिन्छु भनेर ब्ल्याकमेलिङ गर्न थालिन। त्यसपछि राजुले शोभितालाई फकाउन रकम दिन्छु भनेका थिए।

शोभिताका श्रीमान विदेशबाट विदामा आएका बेला उनका श्रीमानले उनलाई सम्बन्धका बारेमा लिएर कुटपिट समेत गरेका थिए। त्यो डर पनि उनमा थियो।

त्यसपछि गत असोज ६ गते काम सकेर राजुले शोभितालाई सधै भेट्ने डेटिङ स्थल गुह्रेपोखरी बोलाए। त्यसबेलासम्म उनले नगदको बिटोजस्तै गरी कागजको बिटो बनाए। त्यसपछि कोटेश्वरमा गएर फुटपाथमा चक्कु किने ।

‘डेडिङ स्थलमा उनीहरुबीच कुराकानी भयो,’ ललितपुरका एसएसपी अधिकारीले भने, ‘त्यसपछि शोभिताले ५ दाख मागिन्। लगत्तै राजुले चड्कन हाने। चक्कु निकाले, घाँटी काटे र पोखरीमा फालिदिए।’

‘प्रेममा उमेर बाधक बनेकाले पनि राजुले शोभिताको हत्या गरेको देखिन्छ,’ अनुसन्धानको नेतृत्व लिएका डिएसपी इश्वर कार्कीले भने ।

स्रोत: सोतोपाटी

 

Comments

comments

Leave a Reply

%d bloggers like this: