Sunday, December 17, 2017
Home > नेपाली समाचारहरु > परिकार > तावा चिकेन मसला

तावा चिकेन मसला

सामग्री :

९ सय ग्राम कुखुराको मासु, २ चम्चा कागतीको रस, ४ कप दही, २ टेबुल चम्चा अदुवा र लसुनको पेस्ट, १ टेबुल

चम्चा धनियाँको पाउडर, २ टेबुल चम्चा जिरा पाउडर, १ टेबुल चम्चा बेसार, १ टेबुल चम्चा खुर्सानीको, धूलो, १ टेबुल चम्चा

गरम मसला, १ टेबुल चम्चा चाट मसला, २ टेबुल चम्चा बटर, धनियाँ अलिकति, नुन स्वादअनुसार

विधि :

कुखुराको मासुका स–साना टुक्रा बनाउने । काटिएको मासुमा कागतीको रस, अदुवा र लसुनको पेस्ट तथा नुन हाल्ने ।

३० मिनेटजति छोपेर राख्ने । एउटा भाँडामा दही, धनियाँ पाउडर, जिरा पाउडर, बेसार, खुर्सानीको धूलो, गरम मसला आदि

मिसाएर मासुलाई मोल्ने । त्यसपछि ३ घण्टा फ्रिजमा राख्ने । अन्त्यमा त्यसलाई तावामा वटर वा तेलसँग सेक्ने ।

स्रोत: नारी

Comments

comments

Leave a Reply

%d bloggers like this: