Sunday, July 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > दोषी बुहारीको निधार कि सासूका गोडा ?

दोषी बुहारीको निधार कि सासूका गोडा ?

माइतकी आमालाई नमस्कार गरिन्छ, घरकी आमालाई ढोगिन्छ

 

अनलाइनखबरमा प्रकाशित लेख मैले सासूको खुट्टा किन ढोग्ने ? शीर्षक देख्नासाथ पढ्न मन लाग्यो । हतार–हतार पुरै लेख पढ्न आँखा घुमाएँ, लागेको थियो, एउटी आधुनिक बुहारीले आफ्नी सासूलाई आदर गरेर गोडा ढोगेकी होलिन् र सायद अरुका लागि पनि पाठ बन्न सक्ला भन्ने आसयले लेखिएको होला । सासूको कुरा काट्ने बुहारीले उनकै गोडा ढोगें भन्नु कति पवित्र सोच रहेछ आहा …. यस्तैयस्तै आभाष भयो ।

पढ्दै गएँ, लेखिका आफु अविवाहित तर उनकी साथीकी सासूप्रतिको दुखेसो रहेछ लेखको खास विषयवस्तुचाँहि । पढ्दै जाँदा कताकता नरमाइलो पनि लाग्यो ।

जमाना कहाँबाट कहाँ पुगिसक्यो, हामीजस्ता नारीको सोच कति माथि पुगिसक्यो । तर हामी भने …….. त्यही घर परिवार, श्रीमान, सासू ससुरा र नन्द आमाजूकै वरिपरि अल्झिरहेका छौँ । यो भन्दा माथि हाम्रो स्तर कहिले बढ्ला ? यस्ता विषयवस्तुले कहिले छुटकारा पाउलान् ?

लेखिकाजी, तपाईले उठाएको घटना एउटा प्रतिनिधि घटना हो । तर, यस्ता पात्रहरु धेरै छन् समाजमा, जसले तपाईले उल्लेख गरेकी साथीको जस्तो दिक्दारी भागेका होलान्, गुनासो गरेका होलान् ।

सासू मात्रै होइन, जोकोही प्रति पनि आदरभावले, पवित्र मनले सम्झँदा मात्र पनि आनन्दको अनुभुति हुन्छ । तर, अरुलाई देखाउनका लागि गरिने ढोगी चलन संस्कारका नाममा नौटंकी शिवाय केही हुन सक्दैन । भित्री आत्मदेखि जोकोहीप्रति सम्मान र आदर गरिन्छ भने त्यसका लागि गोडा नै ढोग्नुपर्छ, तेल मालिस नै गर्नुपर्छ भन्ने छैन । तर, व्यवहार राम्रो नगर्ने रुखो वचनले जतिसुकै गोडा ढोगे पनि त्यसको अर्थ रहँदैन ।

मेरा सासू ससुरालाई घरका अन्य आफन्तलाई कस्तो व्यवहार गर्नुपर्छ, कसरी रिझाउनुपर्छ, कसरी उहाँहरुको मन जित्नुपर्छ त्योबारेमा मेरा आमा हजुरआमाले गरेको संस्कारबाट सिक्ने हो । कहीँ ट्युसन पढ्न गएर सिकिने कुरा होइन

कतिपय अबुझ होलान्, त्यो नकार्न सकिँदैन । तर, बुझ्नेहरु पक्कै पनि दिनहुँ बुहारीलाई गोडा ढोगाएर बाहिर उसैका कुरा काट्ने खालका हुदैनन् । संस्कारको कुरा हो । त्यो अन्तरआत्मादेखि जागेको हुनुपर्छ कसैको दवावमा परेर गर्ने चिज होइन । हामीले हाम्रा मान्यजनलाई राम्रो बोलीबचन गर्न सक्यौं, राम्रो आदर गर्न सक्यौँ भने अमिलो मुख लगाएर गोडा ढोगेको भन्दा धेरै फल पाइन्छ, यो सत्य हो ।

लेखमा पात्रको दुखेसो पनि जर्बजस्ती लादिएको संस्कारका नाममा कलंक सिवाय केही होइन । आत्मादेखि उसलाई त्यो कामप्रति लगाव छैन भने देखाउनका लागि गोडा ढोगाउने सासू र बाध्य भएर ढोग्ने बुहारी दुवैलाई वास्तविक अर्थ थाहा छैन ।

रातदिन गोडामा ढोग्ने तर दुःख विमार पर्दा वास्ता नगर्ने बुहारीको व्यवहारको के अर्थ ? परेका बेलामा गर्ने आफन्तको खास महत्व हुन्छ, चाहे जोसुकै किन नहोस् ।

तर, आफूले सासूका गोडा ढोग्दा कुरा काट्ने माइतीमा भाउजू  र बुहारीले आफ्नी आमाको गोडा नढोग्दा कुरा काट्ने बुहारीहरु पनि कम छैनन् । हाम्रा आमा, हजुरआमाले कति भोग्नुभयो हामीले त्यसको तुलनामा एक अंश पनि भोगेका छैनौं भन्दा पनि हुन्छ । यस्तो अवस्थामा पनि हामी हाम्रा मान्यजनप्रति चिढिन्छौँ भने सम्झौँ त हाम्रा आमा हजुरआमाहरुलाई ? एकैपटक सबै कुरा निर्मूल हुँदैन, समय आएपछि सबै कुरा आफ्नो ट्रयाकमा आउँछन् ।

जहाँसम्म बुहारी संस्कारी बन्नुपर्ने ज्वाइँ बन्नु नपर्ने भन्ने कुरो आयो, यस्ता कुरा गर्ने हो भने भोलि श्रीमतीले बच्चा पाउनैपर्ने श्रीमानले किन नपाउने ? आमाले मात्र दूध चुसाउनुपर्ने, बाऊले किन नचुसाउने ? यस्ता खालका अनेक कुराहरु निस्कन सक्छन् । कतिपय कुरामा समझदारी अपनाउनुपर्छ

लेखक त आफु अविवाहित भएको बुझियो । तर, पनि केही कुरामा मेरो विमत्ति छ । म स्वयमं तपाईजस्तै आधुनिक जमानाकै महिला हुँ तर विवाहित छु । हाम्रा आमा हजुरआमाले अपनाएका रुढीवादी नै ठान्नुहोस्, तर त्यस्ता कुरामा म आपति जनाउन सक्दिनँ  र कसैको अवरोधविना स्वीकार्छु ।

मेरा सासू ससुरालाई घरका अन्य आफन्तलाई कस्तो व्यवहार गर्नुपर्छ, कसरी रिझाउनुपर्छ, कसरी उहाँहरुको मन जित्नुपर्छ त्योबारेमा मेरा आमा हजुरआमाले गरेको संस्कारबाट सिक्ने हो । कहीँ ट्युसन पढ्न गएर सिकिने कुरा होइन । आफुलाई सम्मान खोजिन्छ भने मान्यजनलाई सम्मान दिन पनि सक्नुपर्छ, दिनुपर्छ पनि ।

जहाँसम्म बुहारी संस्कारी बन्नुपर्ने ज्वाइँ बन्नु नपर्ने भन्ने कुरो आयो, यस्ता कुरा गर्ने हो भने भोलि श्रीमतीले बच्चा पाउनैपर्ने श्रीमानले किन नपाउने ? आमाले मात्र दूध चुसाउनुपर्ने, बाऊले किन नचुसाउने ? यस्ता खालका अनेक कुराहरु निस्कन सक्छन् । कतिपय कुरामा समझदारी अपनाउनुपर्छ । नारीलाई धर्ति, जननी, माता त्यसै भनिएको होइन । अनेकन दुखकष्ट सहेर अरुलाई खुसी पार्न सक्छन् भनेर नै यसो भनिएको होला ।

प्रकृतिले नै कतिपय कुरामा महिलालाई मात्रै अधिकार दिएको छ भने त्यसमा पनि अधिकार खोजेर हुन्छ ? तपाईले जतिसुकै ठूला कुरा गरे पनि ९ महिनासम्म पेटमा बच्चा राख्नैपर्छ, जन्माउनैपर्छ, बच्चालाई स्तनपान गराउनैपर्छ । यसमा कोसँग अधिकार खोज्ने ? कोसँग आफु हेपिएको कुरा पोख्ने ?

आफ्ना घरका आफ्ना आफन्तलाई ढोग्नुपरेको, सासू ससुरालाई हजुर तपाई भन्नुपरेको यस्ताखालका कुराहरु उठाउँदा हामीलाई फाइदा होइन, घाटा हुन्छ ।

सासूलाइ गोडामा ढोग्नैपर्ने नियम कहीँ लेखिएको छैन । तर, सासू ससुरालाई अपमान गर्नुपर्छ भनेर पनि लेखिएको छैन । नीतिगत कुरासँग जोडेर घरभित्रका कुरा किन उचाल्ने गर्छौं हामी ? सम्मानपूर्वक हजुर तपाई भन्नुस्, त्यसको ठूलो अर्थ रहन्छ । मुखले आइस्योस गइस्योस गर्ने, तर बाहिर नानाथरी कुरा काट्दै हिँड्दा कुनै अर्थ रहन्न । छोराछोरीलाई बाबुआमाले तँ भन्न हुन्छ, बाबुआमालाई किन तपाई हजुर भन्नुपर्ने ? यस्तो प्रश्न भोलिका दिनमा उब्जियो भने त्यसको जवाफमा के भन्ने ?

हामीले सिकेको संस्कारमा आमाबाबुले तँ भनुन्, तिमी भनुन् तर हामी उहाँहरुलाई हजुर, तपाईकै दर्जामा सम्मान गर्छौं । यसमा पनि कुसंस्कारको लान्छना लगाउने ? यो पक्कै पनि  सुहाउने र पच्नेखालको तर्क होइन ।

जर्वजस्ती मेरो गोडा ढोग्नैपर्छ भन्ने खालका सासू छन् भने त त्यो असुहाउँदो कुरा हो, तर बाहिर कतै केही दिनका लागि गएर आउँदा घरका सबैजनालाई सम्मानपूर्वक ढोगिन्छ, त्यो हाम्रो संस्कार हो ।

मलाइ सासू आमाले कहिल्यै ढोग्न भन्नुहुन्न । तर उहाँले पूजा गरेर टीका लगाइदिँदा स्वाभाविक रुपमा गोडामा ढोग्छु । जन्मदिने आमा भन्दा कर्मदिने आमा ठूलो मानिन्छ । माइतीकी आमालाई हात जोडेर नमस्कार गरिन्छ, घरकी आमालाई शीर निहुराएर गोडामा ढोगिन्छ । यसबाट आफू अपमानित भएको महशुस भएको छैन ।

कहीँकतै गएर आउँदा सासूआमाको गोडामा ढोग्छु, आर्शिवाद लिन्छु । यसमा आफू घटेको महशुस हुँदैन । उहाँले मेरी बुहारीले गोडामा ढोग्नैपर्छ भन्नुहुन्न, भन्नुभएको छैन ।

लेखमा ज्वाइँ संस्कारी नभएको कुरा आयो, त्यही ज्वाइँले आफ्ना बुवाआमा दुवैको गोडामा ढोग्छ । तर,  ससुराले बुहारीलाई गोडामा ढोग्न दिँदैनन् । गोडा छुन पनि दिदैनन् । यो चलीआएको चलन हो, गर्नैपर्छ भन्ने छैन । कहीँ लालमोहर लागेको छैन, आत्माले सम्झने कुरा हो ।

रुढीवादी सोचको भने पनि मलाई आपति छैन । तर। आमा, हजुरआमाले भनेका कतिपय कुरा बैज्ञानिक लाग्छन् । आजकालका बुहारीलाई सासूले सम्झाएका कुरा मन पर्दैन । घरमा जूठा भाँडा राख्नुहुदैन, अम्खोरामा भरी पानी पारेर राख्नुपर्छ भन्ने सासूहरु हुन्छन् बुहारीलाई यिनै कुरा मन पर्दैन । यस्ता वाइह्यात कुरा भन्ने बुहारीहरु धेरै छन् । आफ्नो संस्कार भत्काए, मानेनन् भनेर सासू चिढिन्छन् अनि विवाद यस्तै साना मसिना कुराहरुबाट सुरु हुन्छ ।

हामीले सिकेको संस्कार हाम्रा मान्यजनलाई दिने हो, हामीले हाम्रा सन्तानलाई त्यही कुरा सिकाउने हो

सासूलाइ बुहारी अरु बेलामा नभए पनि चाडवाडका बेलामा सारी चोलो लगाइदिए हुन्थ्यो भन्ने लाग्छ । आधुनिक बुहारीलाई यस्ता कुरामा झर्को लाग्छ । सासूलाई आफ्नी बुहारी शीलस्वाभाव भएकी होस्, अरुका सामु वाह यस्ती पो बुहारी हुनुपर्छ भन्ने लायककी होस् भन्ने हुन्छ । तर, बुहारी टक्कर दिने खालकी हुन्छन् ।

यस्ता कुरामा बिचार नमिल्दा परिवारको आगो सानो झिल्कोबाट मुस्लोको रुपमा परिणत हुन्छ । हामीले सिकेको संस्कार हाम्रा मान्यजनलाई दिने हो, हामीले हाम्रा सन्तानलाई त्यही कुरा सिकाउने हो । तीन वर्षको मेरो सानो छोरो हजुरआमालाई सधै ढोग्छ, आदर गर्छ, आमालाई माया गर्नुपर्छ भन्छ । उसलाई कसैले सिकाएको होइन, हामीले गरेको देखेर उसले सिकेको हो ।

यस्ती बुढी, उस्ती भन्ने नातिनातिनीहरु पनि देखिन्छन् । बाबुआमाले त्यस्तै शब्द भन्छन्, साना बच्चाले त्यही सिक्ने हो । तसर्थ, संस्कारका नाममा अतिवाद होइन, आत्मसम्मानका साथ आदर गरौं । गर्नुपर्छ । हामीले आज आदर सत्कार ग¥यौँ भने भोलि हामीले पाउने त्यही हो ।

स्रोत: अनलाईन खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: