Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > पोखरामा गुडिरहेको बस सडकमा भासिएपछि…

पोखरामा गुडिरहेको बस सडकमा भासिएपछि…

पोखरा १६ चमेरे गुफा नजिकै मंगलबार बिहान सडक भासिँदा गुडिरहेको नगर बस भासिएको छ। पक्की सडक भासिँदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वरको बस गुड्दै गर्दा भासिएको प्रहरीले जानकारी दिएको छ ।

बिहान क्याम्पस जाने क्यूका लागि बस त्यस क्षेत्रमा गएको थियो। गुड्दै गर्दा  सडक भासिएपछि गाडी खाडलभित्र अड्किएको थियो।

बिहान बस खाली भएको हुनाले तल्लो भागसम्म जान नपाएको र ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।

भासिएको बसलाई क्रेनको सहायताले करिब ३ घण्टा पछि निकालिएको हो।

भासिएको क्षेत्रमा खानेपानीको पाइपको काम भइ रहेको छ। त्यस क्षेत्रमा गुफाहरु रहेका कारण पनि त्यस्तो भएको हुन सक्ने स्थानीयहरुले बताएका छन्।

pokhara bus1

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: