Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > बार्सिलोनाको शानदार जित, तुरान र मेस्सी चम्के

बार्सिलोनाको शानदार जित, तुरान र मेस्सी चम्के

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हरायो । समूह सी अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेस्सीले एक गोल गरे ।

१६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल ग¥यो । ५०, ५३ र ६७ औं मिनेटमा गोल गर्दै तुरानले ह्याट्रिक पूरा गरे ।

जितपछि बार्सिलोना समूह सीको विजेता बनेको छ । राति नै भएको खेलमा म्यानचेस्टर सिटीले सेल्टिकसँग १–१ को बराबरी खेल्यो ।

म्यानचेस्टर सिटीका लागि केलिची इहिनाचो तथा सेल्टिकका लागि प्याट्रिक रोबर्टसले गोल गरे । बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बन्यो ।

 

Comments

comments

Leave a Reply

%d bloggers like this: