Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक

कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक

आगामी चैत्र ३ गतेदेखि

मंसिर २४, २०७३ परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले यस वर्षको कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक गरेको छ । कार्यालयका अनुसार आगामी चैत्र ३ देखि नियमित र प्राविधिक धारका विद्यार्थीका लागि परीक्षा तोकिएको छ ।

चैत्र ३ गते पहिलो दिन अंग्रजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितिय विषयका लागि परीक्षा हुने कार्यालयले जनाएको छ ।

प्राविधिक धारका विद्यार्थीको परीक्षा भने १४ गते सकिनेछ । परीक्षामा ६ लाख भन्दा बढी विद्यार्थी सामेल हुने परीक्षा नियन्त्रक अम्विका रेग्मीले जानकारी दिनुभयो ।

सरकारले विद्यालय शिक्षालाई कक्षा १२ सम्म विस्तार गर्ने तयारी गरेपनि कक्षा १० को परीक्षा भने परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ ।

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: