Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > जुठा थालका कुरा

जुठा थालका कुरा

एउटा तन्नेरी छोराले आमाले बनाएको खाना मीठो मानी मानी खान्छ तर खाइसकेपछि जुठो थाल जहाँको तहीँ छाडेर हिँड्छ । खाना बनाएर पनि दिनु छ, जुठा भाँडा पनि माझ्नु छ । हे प्रभु † खाएको थाल माझ्दैमा तिमी सानो त हुँदैनौ अथवा हात त खिइँदैन होला । बरू आमा, दिदीबहिनी वा घरका अरू महिला सदस्यलाई कति सजिलो होला †

नेपालमा पाहुनाको सत्कार बडो राम्रोसँग गरिन्छ । मीठो मीठो खुवाइन्छ । तर, खाइसकेपछि फोस्रो आडम्बर देखाएर थाल छाडेर हिँड्नेदेखि चाहिँ वाक्क लाग्छ । खास कुरो के भने मेरो घरमा काम गर्ने मान्छे राखेको छैन । आमा अरूलाई कजाउने, दु:ख दिने कामलाई महापाप ठान्नुहुन्छ । उहाँका कुरा धार्मिक भावले ओतप्रोत हुन्छन् । तर, लजिक लगाएर कछुवा बुद्धिले सोच्दा बडो ठीक लाग्छ । सोही अनुरूप घरमा खाएका भाँडा आफँै माझ्ने, लुगा आफँै धुने र कोठा आफँै सफा गर्ने नियम छ ।

एकचोटि नयाँ ज्वाइँ साहेबलाई घरमा खाना खान बोलाइएको थियो । अब ज्वाइँलाई साहेब किन भन्छन्, त्यो आफँै पत्ता लगाउनुहोला । जे होस्, घरमा पाहुना बोलाउँदा सबै मिलेर विशेष तरिकाले पकाइन्छ । खाना खाँदाखेरिको विशेष हेरविचारको इन्चार्ज म थिएँ । खानपान सकियो । बुबाको त खाएपछि थाल माझ्ने बानी । बिचरा ज्वाइँलाई पर्नु फसाद पर्‍यो । उनले मतिर पुलुक्क हेरे । केही भन्छे कि वा थाल त्यहीँ राख्नू भन्छे कि जस्तो गरे । तर, म परँे सैतान । किन त्यसो भन्थेँ † त्यत्तिकैमा बुबाले ‘हेर्नूस् ज्वाइँ यो थाललाई यसरी माझ्नुपर्छ’ भनेर घुमाई घुमाई माझेर देखाउनुभयो । ज्वाइँले के सोचेछन् कुन्नि † उनी पनि माझ्न कस्सिए र खुब राम्रोसँग थाल माझे ।

सोचेँ, मलाई कति सरापेका होलान् ? अब फर्केर नआउलान् भनेर हाँसो उठिरहेको थियो । केही सातापछि बहिनीले फोन गरी । ‘अस्तिन उहाँ जावलाखेल गएर आएदेखि आफूले खाएको थाल आफँै माझ्नुहुन्छ र अरूलाई पनि माझ भन्नुहुन्छ, अहिले त हामीलाई खुब सुख भएको छ’ भनी । मलाई खुब हाँसो उठ्यो । तर, ज्वाइँ बुझकी रहेछन् भनेर मन आनन्दित भयो । यस्ता साना कुराले पारिवारिक जीवनमा ठूलो प्रभाव पार्छ । परिवारमा एकअर्काप्रति बोझ होइन, आडभरोसा हुनुपर्छ । तनाव र बोझ दिनका लागि त बाहिरी कुरा काफी छन् ।

 

स्रोत: नेपाल 

Comments

comments

Leave a Reply

%d bloggers like this: