Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > रोनाल्डोविनै रियल मेड्रिडले ३–२ ले हरायो डिपोर्टिभो लाकुरानालाई

रोनाल्डोविनै रियल मेड्रिडले ३–२ ले हरायो डिपोर्टिभो लाकुरानालाई

एजेन्सी, २६ मंसिर । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस महारथी रियल मेड्रिडले डिपोटिभो लाकुरानालाई ३–२ गोलले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोविनै मैदानमा ओर्लिएको रियलले नाटकीय खेलमा डिपोर्टिभोलाई हराएर शीर्षस्थान कायमै राखेको छ । २–१ ले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै सर्जियो रामोसको हेड गोलले रियलले डिपोर्टिभोलाई पछाडि पारेको हो ।

यसअघि बार्सिलोनासँग भएको अल क्लासिकोमा रामोसको हेड गोल नै निर्णायक बनेको थियो । रियलको यो जितसँगै ३५ खेलमा अपराजित यात्राको कीर्तिमान कायम गरेको छ । शनिबार राति नै बार्सिलोनाले ओसासुनालाई ३–० गोलले हराएको छ । समान १५–१५ खेल खेल्दा रियलले बार्सिलानासँग ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

Comments

comments

Leave a Reply

%d bloggers like this: