Monday, September 25, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > च्याम्पियन्स लिगको ड्र सार्वजनीक

च्याम्पियन्स लिगको ड्र सार्वजनीक

मंसिर २७, २०७३ च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा इङ्लिस क्लब आर्सनलले जर्मन क्लब बार्यन म्युनिख क्लबसंग प्रतिस्पर्धा गर्ने भएको छ । आज सार्वजनीक प्रि क्वाटरफाईनलको ड्र अनुसार लण्डन क्लब आर्सनलले जर्मन महारथी बार्यनलाई प्रतिद्धन्द्ीको रुपमा पाएको हो ।

अर्को इङलिस क्लब म्यान्चेष्टर सिटीले फ्रान्सेली क्लब मोकानो र प्रिमियर लिग विजेता लेस्टर सिटीले युरोपा लिग विजेता सेभियालाई प्रतिद्धन्द्ीका रुपमा पाएको छ । च्याम्पियन्स लिगको पहिलो प्रि–क्वार्टरफाइनल अनुभवलाई यादगार बनाउने दी फक्स उपनाम पाएको लेष्टरको योजनामा सेभिया तगारो हुनसक्छ ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले ईटालियन क्लब नेपोलीलाई प्रतिद्धन्दी पाउदा अर्को स्पेनिस महारथी बार्सिलोनाले फ्रेन्स लिग च्याम्पियन पेरिस सेन्ट जर्मेनसंग प्रतिस्पर्धा गर्नेछ । सन् २०१४–१५ को च्याम्पियन्स लिगको ट्रफी उचाल्ने क्रममा बार्साले क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेनलाई हराएको थियो ।

यता, युरोपा लिगको अन्तिम ३२ को ड्र सार्वजनीक हुदा इङलिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सेली क्लब सेन्ट एटिएनसंग प्रतिस्पर्धा गर्ने भएको छ । क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी पाउल पोग्बाले आफ्नै भाई रहेको फ्रान्सेली क्लबसंग प्रतिस्पर्धा गर्नेछन ।

अर्को इङ्लिस क्लब टट्नहमले बेल्जियमको जेन्टलाई प्रतिद्धन्द्ीको रुपमा पाउदा जर्मन क्लब बोरुसिया मोन्चेनग्लावाखले ईटालीको फ्लोरेन्टिनासंग प्रतिस्पर्धा गर्नेछ ।

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: