Sunday, July 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > फेरिइन् कुपोषणग्रस्त बालिका

फेरिइन् कुपोषणग्रस्त बालिका

nilam

मंसिर २७, २०७३- एक महिनाअघि नातिनी नीलमलाई अति कुपोषित अवस्थामा पोषण गृह राजविराज ल्याउँदा गुलियादेवीलाई नातिनी निको हुन्छिन् भनेर विश्वास थिएन । तर स्याहार पाएपछि नीलममा आएको सुधारले गुलियादेवी अहिले खुसी छिन् ।

गरिबीका कारण खाना नपाएर अति कुपोषित १३ महिने नीलमलाई शरीरमा हाडमात्र बाँकी रहेको अवस्थामा अघिल्लो महिना गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल परिसरको पोषण पुन:स्थापना गृहमा ल्याइएको थियो । उनको तस्बिरसहितको समाचार कान्तिपुर दैनिकमा प्रमुखताका साथ प्रकाशित भएपछि मुलुकभित्र र बाहिरबाट धेरै जनाले नीलमको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । ‘मलाई नातिनी बाँच्छिन् जस्तो लाग्दैनथ्यो,’ हजुरआमा गुलियादेवीले भनिन्, ‘एक महिनामै नातिनीमा चिन्नै नसकिने गरी सुधार भएको छ ।’ गृहमा ल्याउँदा सधैं रुने नीलम अहिले स्वस्थ बच्चा जस्तो देखिने गरेकी छन् ।

सप्तरीको कोचाबखारी ५ लोखरमका हरेराम मण्डल र रञ्जुदेवीकी १३ महिने छोरी नीलमलाई एक महिनाअघि पोषण गृहमा ल्याउँदा त्यहाँका कर्मचारी र प्राविधिक एकछिन आश्चर्यमा परेका थिए । नीलमकी हजुरआमा गुलियादेवीले पोषण गृहमा ल्याएकाले आफ्नी नातिनी बाँचेको बताउँदै समाचार प्रकाशित भएपछि आएको आर्थिक सहयोगले उपचारमा निकै मद्दत पुगेको बताइन् । ‘सहयोगस्वरूप प्राप्त रकममध्ये थोरै मात्र खर्च भएको छ, धेरै रकम बाँकी छ,’ उनले भनिन्, ‘अब घर गएपछि पोषण गृहकै तरिकाले नातिनीलाई पाल्न उक्त रकम खर्च गर्छु ।’

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: