Sunday, December 17, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > बालोन डि’ओर अवार्डः एग्युरोसहित ११ खेलाडीले भोट नै पाएनन्

बालोन डि’ओर अवार्डः एग्युरोसहित ११ खेलाडीले भोट नै पाएनन्

२८ मंसिर, काठमाडौं । प्रतिष्ठित बालोन डि’ओर अवार्ड रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जिते । उनले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पारे ।

यो अवार्डको मनोनयनमा ३० फुटबलर थिए । विश्वभरका १७३ फुटबल पत्रकारका मतका आधारमा रोनाल्डोले बाजी मारे । रियललाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोपा लिग जिताएपछि उनी स्वभाविक हकदार देखिएका थिए ।

तर, बालोन डि’ओर अवार्डका लागि मनोनयनमा परेका ११ जनाले मात्र भोट नै पाएनन् । यो सूचीमा म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जिओ एग्युरोले समेत छन् ।

भोट नपाउनेमा केभिड डि ब्रुयेन, डिबाला, गोडिन, गोन्जाला हिगुइन, आन्द्र इनिष्टा, कोके, लोरिस, थोमस मुलर, म्यानुअल नुयर र सर्जिओ रामोस छन् ।

स्रोत: अनलाईन खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: