Saturday, November 18, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > सार्वजनिक यातायात चढ्दा म को हुँ भन्ने थाहा पाएँ

सार्वजनिक यातायात चढ्दा म को हुँ भन्ने थाहा पाएँ

सार्वजनिक रूपमा जसको नाम छ, त्यसको छवि बनाइन्छ । छवि भनेको ठूलो भुँडी, ठूलो घर, घरमा महँगो गाडी, भोटेकुकुर पालेको इत्यादि । त्यस्ता मानिस ठूला हुन् भन्ने नेपाली समाजको बुझाइ छ । साहित्यकार खगेन्द्र संग्रौलाचाहिँ सार्वजनिक रूपमा नाम भएका मानिस हुन् । उनको चलेका सञ्चारमाध्यममा पहुँच छ । भाउ छ । आममानिसले उनको पाँचतले घर होला भनेर सोच्छन् । घरछेउमै स्वीमिङपुल होला । पजेरो होला । भोटेकुकुर पालेको होला भनेर सोच्छन् ।
त्यस्तो सोच्नेले टेम्पो, माइक्रोबस, बसमा यात्रा गर्दा जसले उनलाई देख्छन्, ऊ तीनछकपर्छ । उसलाई ठूलो अलमल हुन्छ । यो मानिस यहाँ हुनुपर्ने त होइन । उसको त प्राडो/पजेरो हुनुपर्ने । तर, उनीसँग निजी यातायातसाधन छैन । सार्वजनिक यातायातमै चढ्छन् ।

‘एउटैमात्रै गाडी हुनु भनेको त्यो गाडीको कैदी हुनु हो,’ उनले व्यंग्य गरे, ‘ऊ सधैं त्यही गाडीको कैदी हुन्छ ।’ काठमाडौं उपत्यकामा एउटा रुटमा बस, माइक्रोबस, टेम्पो गुड्छ । माइक्रो, टेम्पो र बस थरीथरीका छन् । उनी रोजीछाडी चढ्छन् । तर, ठूलो भुँडी, घर हुने, भोटेकुकुर पाल्ने र गाडी हुने एउटै गाडीको कैदी हुनुपर्छ ।

टेम्पो पहिलो रोजाइ

लेखक संग्रौला सामान्यतः रुट हेरेर सार्वजनिक यातायात चढ्छन् । लामो दूरी हो भने पाएसम्म पर्यटक बस चढ्छन् । तर, काठमाडौं उपत्यकामा भने टेम्पो पहिलो रोजाइ हो । कारण ? ‘म सानो कदको मानिस । टेम्पोको उचाइले फरक पार्दैन । त्यसपछि मात्रै बस रोजाइमा पर्छ । सडकको क्षेत्रफलभन्दा यातायातसाधन धेरै भए । तसर्थ, सडक अवरुद्ध भइरहन्छ । भनेको ठाउँमा ढिलो पुगिन्छ । हतार भएको बेला माइक्रोबस चढ्छु,’ उनले सुनाए, ‘आफूले पर्खिरहेको ठाउँ नीलो वा सेतो जुन माइक्रोबस पहिले आउँछ, त्यही चढ्छु । सामान्य अवस्थामा टेम्पो ।’ टेम्पोमा भीडभाड हुँदैन । घन्चमन्च हुँदैन । पहिले/पहिले उनी धेरै कार्यक्रममा सहभागी हुन्थे । हिजोआज गइरहने भनेको नयाँबानेश्वर हो । त्यता उनका साथी बाक्लै छन् ।

सार्वजनिक यातायातमा चढ्दा अहंकार बढ्दैन । सामान्य मानिसबीचमा हुँदा आफू सामान्य मानिसभन्दा ठूलो होइन । ठूलाठालु र जान्ने मानिस पनि होइन । मेरो भाग्य यिनैसँग जोडिएको छ ।

सार्वजनिक यातायात चढ्दा सिकेको पाठ

उनले सार्वजनिक यातायात चढ्दा म को हुँ भन्ने थाहा पाए । ‘म त सामान्य मानिस । गाउँको मानिस । त्यहाँबाट धेरैको प्रयत्न वा स्वेच्छाले काठमाडौं आइपुगें । धेरैले नपाएको अवसर पाएँ । पढ्ने मौका पाएँ । नेपालका ठूला प्रतिभादेखि सत्ताधारीसँग मेरो जान पहिचान भयो,’ उनले प्रस्ट्याए, ‘मानिस सामान्यतः खगेन्द्र संग्रौला यो समाजको ठूलो मानिस हो भन्ने सोच्छन् । मानिसले तल होइन माथिमात्रै हेर्छ । आफूलाई सबैभन्दा त्यागी र उदार भनेका कम्युनिस्ट हुन् । तर, कम्युनिस्टले तल होइन माथिमात्रै हेर्न थालेको छ । जिल्ला कमिटीले अञ्चल, अञ्चलमा रहेकाले सांसद, सांसदले मन्त्री, मन्त्रीले उपप्रधानमन्त्री, उपप्रधानमन्त्रीले प्रधानमन्त्री र प्रधानमन्त्रीले वैकुण्ठ ।’ तर, सार्वजनिक यातायातमा हुँदा आफू उम्रेको माटो कहाँ हो ? मेरो नियति कोसँग जोडिएको छ ? म जे छु, त्यो बनाउन क÷कसको सहयोग होला ? क÷कसको सदीक्षा, प्रेम होला ? भनेर उनलाई सम्झना गराइरहन्छ । त्यतिबेला आफू ठूलो मानिस हो भन्ने लाग्दैन्न । आफ्नो नाम, ख्याति भए पनि सामान्य मानिस हुँ र रहनुपर्छ भनेर सचेत गराउँछ ।

सार्वजनिक यातायात चढ्दा अहंकार नबढ्ने

सार्वजनिक यातायातमा चढ्दा अहंकार बढ्दैन । सामान्य मानिसबीचमा हुँदा आफू सामान्य मानिसभन्दा ठूलो होइन । ठूलाठालु र जान्ने मानिस पनि होइन । मेरो भाग्य यिनैसँग जोडिएको छ । यो समाज राम्रो भयो भने यिनलाई र मलाई पनि राम्रो हुन्छ । समाज खराब, पर्यावरण, प्रवृत्ति खराब भयो भने तिनलाई जति हानि हुन्छ, मलाई पनि हुन्छ । ‘धेरथोर सरलता, विनम्रता सिकाउँछ,’ उनको ठम्याइ छ, ‘आमसमाजको नजिक भइन्छ । समाजसँग भइन्छ । समाजसँग हुनु भनेको अहंकार नहुनु हो ।’

आर्जनका हिसाबले उनको निजी यातायातसाधन चढ्ने हैसियत छैन । र, आवश्यकता पनि । उनको नियमित आम्दानी छैन । पेन्सन हुने कुरै भएन । तर, छोराछोरीलाई गुहारे भने राम्रै गाडी किनिदिन्छन् । पुग्नेगरी पेट्रोल/डिजेल पनि हाल्दिन्दिछन् । हातखुट्टा र दिमाग चलुन्जेल सकेसम्म आफ्नै आर्जनमा पालिन पाए हुन्थ्यो भन्ने उनको मान्यता छ । तपाईं जसरी अरूको आसमा पालिनुहुन्छ, त्यति तपाईं कसैको नियन्त्रण र शरणमा हुनुहुन्छ ।

समाजविज्ञान बुझ्न सहयोग
सार्वजनिक यातायात चढ्दा नेपाली समाज जान्न, बुझ्न सघाउँछ । हामीकहाँ समाजको अंग/अंग, कण/कणमा राजनीति व्याप्त छ । राजनीतिबाहेक कसैले केही कुरो गर्दैनन् । प्राज्ञ, विद्वान्, कवि, भरियादेखि चोरसम्मले राजनीतिका कुरा गर्छन् । राजनीतिमा सबैले सबै जानेका छन् । नीलो आकाशमुनिका सबै जटिल प्रश्नका उत्तर सबैसँग कण्ठ छ । उनीहरूले विश्लेषण गर्दैनन् । घटनाप्रति ऐतिहासिक सन्दर्भमा विश्लेषण गर्न जरुरी ठान्दैनन् । तथ्य रुजु गर्दैनन् । सबैले फैसला सुनाउँछन् । जस्तो कि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिरसम्ममा गयो । प्रश्न सोध्नुस्– प्रचण्ड त गयो तर फाल्न कोही हुनुपर्यो, खाली ठाउँमा कोही आउनुपर्यो । उसले फेरि भन्छ– छाडिदिनुस् त्यो कुरा । प्रचण्ड मंसिरभित्र गयो, गयो ।

नेपाली समाजमा सार्वजनिक रूपमा नाम भएका मानिस ठूला हुन् भन्ने छ । उनीहरूले बुझेको ठूलो मानिसले सार्वजनिक यातायात चढेको देख्दा अनौठो मान्ने नै भए । एकथरीले खगेन्द्र संग्रौलाको त निजी गाडी होला भनेको त हामीजस्तै गाडी चढ्दोरहेछ भन्छन् । अर्थात् हैसियत रहेनछ भन्ठान्छन् ।

चिन्तन, कार्यकारण, ऐतिहासिक सन्दर्भ, तथ्य र तर्कका आधारमा धेरै मानिसले कुरा गर्दैनन् । उनले प्रस्ट पारे, ‘आवेग र उत्तेजना फैसलामात्रै हुन्छ । त्यसले नेपाली समाज बौद्धिक विकासको शैशवकालमा छ । कुराकानीका चरित्र र ढाँचाअनुसार बौद्धिकता कमजोर, विश्लेषणपद्धति छँदै छैन । प्रणाली छैन । सबै चीज गुरुकुलमा छ । गुरुकुलका सबै गुरु सबै चीज जान्दछन् ।’

सार्वजनिक यातायातमा देख्दा आश्चर्य

नेपाली समाजमा सार्वजनिक रूपमा नाम भएका मानिस ठूला हुन् भन्ने छ । उनीहरूले बुझेको ठूलो मानिसले सार्वजनिक यातायात चढेको देख्दा अनौठो मान्ने नै भए । एकथरीले खगेन्द्र संग्रौलाको त निजी गाडी होला भनेको त हामीजस्तै गाडी चढ्दोरहेछ भन्छन् । अर्थात् हैसियत रहेनछ भन्ठान्छन् । अर्काथरीचाहिँ त्यत्रो ठूलो मानिस हामीजस्तै सार्वजनिक यातायातमा हिँड्दारहेछन् भनेर आदर पनि गर्छन् ।

सार्वजनिक यातायात चढ्नेको हैसियत नभएकै हो त ? उनले भने, ‘हेर्ने आँखा फरक हुन्छन् । यो समाजका कुलीन, धनाढ्य, शासकका नजरमा भर पर्छ । भाउमा तिनीहरूको एकाधिकार हुन्छ ।’ सार्वजनिक यातायातमा देखेपछि उनका पाठकले टिप्पणी गर्ने गर्छन्, ‘संग्रौला जे लेख्छन्, किन त्यस्तो लेख्छन्, जे बोल्छन् किन त्यस्तो बोल्छन् भनेर पाठकले थाहा पाए । ऊ धूलोको मानिस, सडकको मानिस । हामीजस्तै सामान्य मानिस, हामीसँगै हिँडेकाले हाम्रो भाषा थाहा भएको रहेछ । समस्याको मर्म थाहा रहेछ ।’ सार्वजनिक यातायात चढ्दा लेखन ‘प्लट’ पनि बन्छ ।

उनलाई गाडीमा भेटेपछि देख्नेले पहिले आश्चर्य मान्छन् । त्यसपछि परिचय हुन्छ । केहीले फोटो खिच्न अनुमति माग्छन् । त्यसपछि फोटो फेसबुकमा राखे हुन्छ ? भनेर सोध्छन् । अनि धेरै नपढेकाले पनि खगेन्द्र संग्रौलालाई पढेको बहाना गर्छन् । मैले तपाईंको ‘बेलाको बोली’ पढेको छु भन्न पछि पर्दैनन् । त्यो एक समय लेखियो । लेख्न छाडेको कति भइसक्यो तर अहिले पनि पढ्दै आएको छु भन्छन् ।

‘झर्रो भाषा लेख्ने, जनताको मर्का लेख्ने, जनताका पक्षमा उभिने र लड्नेजति सबै मैले लेखेको ठानिन्छ,’ उनले उदाहरण पेस गरे, ‘शरद पौडेलले ‘लिखे’ उपन्यास लेखे । हिजोआज पनि परिचय गर्दा कतिपयले तपाईंको ‘लिखे’ उपन्यासचाहिँ गज्जबको थियो भन्छन् ।’ मैले होइन भनौं उनी अज्ञानी ठहरिने । चुपचाप बस्छु ।

केही समयअघि संग्रौला र लुम्बिनीका लामा गाडीमा भेटिए । लामा बौद्धबाट नयाँबानेश्वर जाँदै गरेका । उनी पनि त्यही गाडीमा परे । चिनजान भयो । लामाले हामीलाई बाहुन, क्षेत्रीले हेप्छन् भनेर जिकिर गरे । अड्डामा जाँदा केही चीज लेख्नुपर्यो भने लेखनदासले जस्तै लेखे पनि पैसा खान उसले लेख्नैपर्छ । थानकोटबाहिर जाँदा प्रहरीले हेप्छन् । तर, तपाईंचाहिँ बाहुन भईकन पनि हाम्रो मानिस भनेर संग्रौलाको प्रशंसा गरे । संग्रौलाभन्दा उनी अलि अघि ओर्ले । उनको भाडासमेत बुझाए । छुट्टिनेबेला लामाले भने, ‘दाइको ‘उर्गेनको घोडा’ खुब मन पर्यो ।’ ‘उर्गेनको घोडा’ त युग पाठकको हो ।

त्यतिमात्रै होइन, उनले रसुवाको रमाइलो पनि सुनाए । कार्यक्रम भइरहेको थियो । ‘साइड टक’ पनि । एकजनाले संग्रौलाबारे ठीकठिकै बोल्दै थिए । कुरा गर्दै जाँदा तिनले भने, ‘तपाईंको मोही माग्ने ढुंग्रो लुकाउने’ च्वाँक छ ।’ त्यो स्तम्भ त कृष्णमुरारी ढुंगानाको हो । अरूले मिहिनेत गरेर लेखेको जस पनि उनले पाउने गरेका छन् ।

सार्वजनिक यातायात चढ्दा समाजको अवस्था, समग्रमा मानिस कसरी बाँचेको छ, कति दुःख, कष्ट, बुहार्तन बेहोरेको छ भन्ने थाहा पाइन्छ । सार्वजनिक यातायात चढ्नु भनेको सामान्य मानिसको बीचमा हुनु हो ।

यसलाई कसरी बुझ्ने ? पंक्तिकारको प्रश्नको उत्तर दिँदै संग्रौलाले भने, ‘सामाजिक मनोविज्ञानको कुनै न कुनै चीजले काम गरेको हुन्छ । फरक त केही परेन । लेखेको कुरा जसले लेखेको हो, उसकै हुन्छ । तर, म उनीहरूभन्दा पहिले मर्छु । ज/जसको नाम लिइएको छ उनीहरू मभन्दा कान्छा छन् । म मरेपछि तिनीहरूले के बुझ्ने भए भने खगेन्द्र संग्रौलालगायत युग पाठक, शरद पौडेल र कृष्णमुरारी भण्डारी पनि मर्यो ठान्दा हुन् ।

उल्खिलित दृष्टान्तले हाम्रो समाज थोक–थोक छ । मोटो–मोटो छ । मसिनो छैन भन्ने बुझाउँछ । मानिसले मोटो कुरामात्रै बुझ्छ । चिन्तन अलि मसिनो भइदिए ‘मोही माग्ने ढुंग्रो लुकाउने’ जसले पढेको हो, उसले लेखकको नाम पढे, फोटो देखे । ‘उर्गेनको घोडा’ धेरै चर्चामा आयो । त्योसँग युग पाठकको नाम जोडिएर आउँछ । ‘लिखे’ को कुरै नगरौं । यसले हाम्रो समाजको शैक्षिक, बौद्धिक र विश्लेषण स्तर संकेत गर्छ । नेपाली समाज विशिष्ट, सूक्ष्म र मिहिन छैन ।

बस चढ्नु भनेको गुन्द्रुक हुनु

बसमा चढ्दा सास फेर्नसमेत गाह्रो हुन्छ । उनी हिजोआज बसमा कम चढ्छन् । कार्यालयीय समयमा बस चढ्नु भनेको गुन्द्रुक हुनु हो । सिद्रा हुनु हो । २०२५÷२६ मा उनी कीर्तिपुरमा एमए पढ्थे । त्यतिबेला साझा बस थियो । कीर्तिपुर जाने फर्कने साझाबस दुईवटा थियो । त्यो बस चढ्नु भनेको मौरीको गोलो हुनु हो । समात्ने ठाउँ हुँदैनथ्यो । एउटा यात्रुले अर्कोलाई समातेको हुन्थ्यो । उनले त्यसरी पनि बस नचढेको होइन । पछि सार्वजनिक यातायात बढ्यो । त्यसपछि अलि सजिलो भयो । ०४६ पछि जनसंख्या पनि बढ्यो । सार्वजनिक यातायात पनि ।

सार्वजनिक यातायात चढ्दा समाजको अवस्था, समग्रमा मानिस कसरी बाँचेको छ, कति दुःख, कष्ट, बुहार्तन बेहोरेको छ भन्ने थाहा पाइन्छ । सार्वजनिक यातायात चढ्नु भनेको सामान्य मानिसको बीचमा हुनु हो ।

निजी यातायात चढ्दा अप्ठ्यारो

काठमाडौं उपत्यकाबाहिकबाट कार्यक्रमका लागि निम्ता आइरहन्छ । उनी आफ्नै खर्चमा काठमाडौंबाहिर जाँदैनन् । नातेदार भएकाले पोखरा र चितवनसम्म कहिलेकाहीं पुग्छन् । आमा जीवित रहँदा झापासम्म पुग्थे । निम्ता गर्नेसँग पैसा छ भने विमानको टिकट लिइदिन्छ । कम हुनेको कि त आफ्नो मानिस लैजाने निजी वाहन हुन्छ वा पर्यटक गाडी हुन्छ । उनी त्यस्तोमा चढ्छन् ।

‘निजी गाडीमा चढ्नबित्तिकै वर्ग फरक हुने भयो,’ उनले चिन्ता गरे, ‘त्यतिबेला म धेरै कुरा विचार गर्दिनँ । म निश्चित उद्देश्यमा गइरहेको हुन्छु । यो त यदाकदामात्रै हो । सार्वजनिक यातायातमा चढेको देखिरहनेले निजीमा चढेको देख्यो भने उसले के सोच्यो होला भन्ने लाग्छ । यो अर्कै भएछ । वर्ग परिवर्तन भएछ । सुविधाभोगी भएछ भन्लान् कि भन्ने डर लाग्छ ।’

मोटरसाइकलमा ६ वर्ष

उनी चितवनबाट ०४० मा पुनः काठमाडौं पसे । त्यसपछि तीन वर्ष अनुवाद गरे । ०३४ मा ‘पिस्कोर प्रोग्राम’मा काम गरेका पिस्कोर भोलेन्टियरलाई नेपाली भाषा पढाए । तीन महिनाको पाठ्यक्रम हुन्थ्यो । एक महिना काठमाडौं, दुई महिना हेटौंडा । स्कुल र कलेज पढाउन छाडेपछि उनको फेरि उनीहरूसँग सम्पर्क भयो । अनि गोरालाई फेरि नेपाली भाषा पढाउन थाले ।

युनिसेफ, युएसआईडी, एसिया फाउन्डेसनमा काम गर्ने गोरालाई नेपाली भाषा पढाउन उनीहरूको समयमा उनीहरूको कार्यालय वा डेरामा पुग्नुपथ्र्यो । उनीहरूको कार्यालय कसैको पूर्व, कसैको पश्चिम थियो । ‘भनेको समयमा पुग्न उनीहरूलाई पढाउन थालेको वर्ष दिनपछि वाहन किनें,’ उनले भने, ‘एकजना गोराले वाहन किनिदियो । उनले ड्युटी फ्री पाउने । उसको नाममा जापानी होन्डा मोटरसाइकल आयो । तिनी तीन वर्ष काठमाडौं बसे । त्यतिन्जेल उनकै नाममा चलाएँ । उनी स्वदेश फर्कने भएपछि मेरो नाममा नामसारी गरें । त्यतिबेला ९० सिसिको मोटरसाइकल ४५ हजार रुपैयाँ पथ्र्यो । मैले उनलाई २५ हजार दिएँ ।’

०४३ देखि ४८ सम्म मोटरसाइकल चढेका उनलाई ढाडमा समस्या देखिएपछि चिकित्सकले मोटरसाइकल नचलाउन सुझाए । उनले तिनै मोटरसाइकल २० हजारमा बेचिदिए । पाँच वर्षसम्म उनले पाँच हजारमा मोटरसाइकल चढे ।

१५ पैसादेखि १५ रुपैयाँसम्म

लेखक संग्रौला आईएको परीक्षा दिन ०२४ मा काठमाडौं टेकेका हुन् । उनी नक्साल बस्थे । नक्सालबाट सहिदगेट, रत्नपार्कसम्म बस गुड्थ्यो । नक्सालबाट टंगाल, डिल्लीबजार चारखाल, पुतलीसडक, बागबजार हुँदै सहिदगेट भएर रत्नपार्क पुग्थ्यो । त्यतिबेला नक्सालबाट रत्नपार्कको बसभाडा १५ पैसा थियो । करिब ०२७ सालसम्म १५ पैसा कायम रह्यो । त्यसपछि २० पैसा भएको थियो । अहिले चढ्नसाथ १५ रुपैयाँ लाग्छ ।

मासिक गाडीभाडा १ हजार ५ सय

पहिले/पहिले बाक्लै कार्यक्रममा सहभागी हुने उनको त्यतिबेला दिनमै दुई÷तीन सय रुपैयाँसम्म गाडीभाडामा खर्च हुन्थ्यो । मासिक रूपमा झन्डै ६ हजार । हिजोआज पहिलेजस्तो धेरै कार्यक्रममा सहभागी नहुने उनलाई १२÷१५ सयले महिना धान्छ ।

 

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: