Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > हुँदा हुँदा गर्भवती हुन पनि करिनासँग सिक्नुपर्ने ?

हुँदा हुँदा गर्भवती हुन पनि करिनासँग सिक्नुपर्ने ?

यतिबेला भारतीय फेसन पत्रिका वा अनलाइन पोर्टल जे खोलेर हेरेपनि देखिन्छ, अभिनेत्री करिना कपुरका गर्भवती पोज । त्यसमाथि लेखिएको टीप्पणी पढ्नुहोस् । आशय हुन्छ, करिनाले गर्भवती अवस्थामा आफूलाई जसरी सम्हालिरहेकी छिन् । यो निकै तारिफयोग्य छ । कतिले लेख्छन्, ‘करिना हेरेर यो थाहा हुँदैन कि केही दिनमै बच्चालाई जन्म दिँदैछिन् ।’

उनको अनुहारको फ्रेशनेस, पति सैफ अलिसँग रोमान्स, बहिनीहरुसँग डिनर, र्याम्पमा क्याटवाक, सबथोकको तारिफ भइरहेको छ । धेरथोक लेखिराखिएको छ । कतिपयले गर्भवती हुन करिनासँग सिक्नुपर्ने आशय समेत प्रकट गरेका छन् ।

यतिसम्म लेखिएको छ, अर्की कुनै महिलाले करिनासँग सिक्नुपर्छ ।  एउटा लेखमा पढें, अरु महिलाले पनि करिनासँग टिप्स लिएर गर्भावस्थामा टिपटप हुन सिक्नुपर्छ ।

यस्ता लेखका कमेन्टमा कम दमदार छैनन् । मान्छेहरुले लेखेका छन्, करिना किन फ्रेश नदेखिउन् त आम महिलाले जस्तै उनले यो अवस्थामा घरको काम हेर्नु परेको छ र ? उनीसँग निरन्तर एक फेसन डिजाइनर घुमिरहेका हुन्छन्, किन टिपटप नदेखिउन् ? हामीलाई पनि यस्तो सुविधा होस् न देखाइदिन्थ्यौं । कतिले लेखेका छन्, उनले कुनै झण्डा गाडेकी छैनन्, डेलिभरिको दिनसम्म घरको धन्दा सम्हालेर ।

मलाई यी दुवैथरि प्रति चित्त दुखाई छ । मलाई ती लेखकप्रति चित्त दुखाई छ जसले करिना गर्भवती हुनुलाई राष्ट्रिय मुद्दा बनाउन कुनै कसुर बाँकी छाडेनन् । मलाई ती प्रतिक्रिया प्रति आपत्ति छ, जसले करिनासँग अरु महिलाको तुलना गरेका छन् ।

तपाईं कुनै गर्भवती महिलासँग दोस्री महिलाको तुलना गर्न सक्नुहुन्न । किनकि यो कुरा सही हो, गर्भवती अवस्थामा केही लक्षणहरु  सबैका साझा हुन्छन् । तर, सबै महिलालाई गर्भावस्थामा आउने समस्या, पर्ने शाररिक मानसिक असर फरक हुन्छन् ।

करिनाको गर्भावस्थालाई लिएर तारिफ गर्नेसँग मेरो कुनै दुश्मनी छैन । तर, बाँकी महिलाले सिक्नुपर्छ भन्नेसँग म मुखमुखै लाग्न चाहन्छु । किनभने कतिपय महिलालाई डाक्टरले सुरुदेखि नै बेडरेस्ट जरुरी रहेको सल्लाह दिइरहेका हुन्छन् । कति महिलालाई सुरुको दिनदेखि डेलिभरि रुम जाने दिनसम्म वाकवाकी लाग्छ । अनि कसरी सिक्नु करिनासँग ?

प्रेग्नेन्सीका २८३ दिन भोग्नेलाई थाहा हुन्छ । यो अवस्थामा कति फुर्तिलो रहने भन्ने पनि आफ्नो शरीरमा भर पर्ने हो । शरीरको आकार र बेबी बम्पमा निर्भर हुन्छ । यदि कदकाँठी ठिकठाक छ र बेबी बम्प सानो छ भने हिँडडुल गर्न कुनै समस्या हुँदैन । यदि बेबी पम्प ठूलो छ । हिँड्दा डुल्दा श्वास फुल्छ भने कसरी करिना जस्तै बन्नु ?

हो करिनाबाट सिक्नुपर्छ । यो अवस्थामा बिहान ओछ्यान छाडन् मनै लाग्दैन । यदि कसैले ‘आज फोटोसुट छ चाँडै उठेर फ्रेस हुनु’ भन्यो भने कम्ता रिस उठ्ला र ? त्यसपछि घन्टौंसम्म मेकअप गर्न कुर्चीमा बस्नैप¥यो । तर, करिनाले यी सब झेलेकी छिन् । र्याम्प, फोटोसुट, अवार्ड कार्यक्रम सब भ्याएकै छिन् । उनको सक्रियतालाई सलाम गर्र्नैपर्छ ।

धेरैले यो अवस्थालाई बिरामका रुपमा लिन्छन् । डाक्टर पनि भन्छन्, यो बिराम होइन, एउटा अवस्था हो । त्यसैले यसलाई बिराम सम्झियौं भने बिरामी नै भइन्छ, हरेक समय । यसलाई अवस्थाका रुपमा ग्रहण गरियो भने सहज हुन्छ । त्यसैले सम्पूर्ण गर्भवती महिलालाई मेरो आग्रह, करिनासँग सिक्ने होइन, डाक्टरको सल्लाह अक्षरसः आत्मसाथ गरौं ।

(आईचोक इन्डियामा प्रकाशित लेखबाट अनुदीत)

 

Comments

comments

Leave a Reply

%d bloggers like this: