Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > ५ सय किलोकी महिला

५ सय किलोकी महिला

मंसिर २८, २०७३- विश्वकै मोटी महिला इजिप्टकी इमान अहमद । ५ सय किलोग्राम तौल भएकी ३६ वर्षीया अहमदको भारतको मुम्बईमा शल्यक्रिया हुँदै छ । उनको शल्यक्रिया डा. मफी लकडावालाले गर्दै छन् ।

परिवारका अनुसार उनले दुई दशकयता मुस्किलले बेड छाडेकी छन् । उनी बोल्न र चल्न पनि सक्दिनन् । दुई वर्षअघि मस्तिष्काघात (स्ट्रोक) भएपछि उनको बोलीसमेत हराएको छ । डा. लकडावालाले अहमदको मोटोपना घटाउन थुप्रै शृंखलाका शल्यक्रिया गर्नेछन् ।

थुप्रै चर्चित व्यक्तित्वका शल्यक्रिया गरेका डा. लकडावाला भन्छन्, ‘यो उच्च खतरायुक्त शल्यक्रिया हुनेछ, सकेसम्म सबैखालका पूर्वसावधानी अपनाइनेछ ।’ गिनिज बुकमा सबैभन्दा मोटो महिलाको रेकर्ड अमेरिकाकी पाउलिन पोटरको नाममा छ । पाउलिनको तौल २९१.६ किलो छ ।

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: