Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन्। ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन्। तर, उनीहरू सबै एक/दुई सन्तानका आमा बनिसकेका छन्। यो खबर हामीले आजको राजधानी बाट लिएका हौ।

जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ। ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे (विवाह) गर्न वर्षौं कुर्नुपर्छ। तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ।’ केटी नपाउँदा धेरैजसो पुरूषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ। ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने। पुरूष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा। ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन्।

शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा। ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ। उमेरको कुनै वास्ता हुन्न।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन्। त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा। उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ। तर, पुरुषहरू त्यसो गर्न मान्दैनन्। जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ।

पछिल्लो समयमा आधुनिक जीवनशैली अँगाल्न युवाहरूले पटकपटक प्रयास भने गरेका छन्। तर, युवा पुस्ताको प्रयासमा अघिल्लो पुस्ता बाधक बन्दै आएको छ। युवाहरूको यस प्रयासप्रति अघिल्लो पुस्ता क्रोधितसमेत देखिएका छन्। ‘हाम्रो बस्तीमा यस्तो भन्न हुन्न, जनताहरू बिग्रन्छन्,’ रासकोटी समुदायका मुखिया सूर्यनारायण शाहीले भने, ‘हाम्रो पुर्खाले नमानेसम्म यो परम्परा बदल्न मिल्दैन, यस्तो हुन्न।’ यद्यपि, एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुष टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरू गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन भने थालेका छन्।

 

श्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: