Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

मंसिर ३०, २०७३- लामो समययता अपहरण र हत्याका घटना कम भएको सप्तरीमा एक ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।

गत मंसिर ११ गतेदेखि अपहरणमा परेका जिल्लाको पश्चिमी गाविस हरिपुर–३ का ८ वर्षीय दुर्गानन्द साहको हत्या भएको प्रहरीस्रोतले जानकारी दिएको छ । सो अपहरण र हत्याका घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रणमा लिएको छ ।

सप्तरी प्रहरीले बिहिबार ३ बजे पत्रकार सम्मेलन मार्फत घटना र पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दैछ । स्रोतका अनुसार उक्त अपहरणका घटनामा पाँचलाख रुपैयाँ फिरौती मागिएको थियो ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: