Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > धादिङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

धादिङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

मृतकमध्ये दुई जनाकाे खनाखत, एक महिलाकाे बाँकी

 

पुस १, २०७३- दक्षिण धादिङबाट पुथ्वीराजमार्गमा ओर्लन लागेका स्कारपियो जीप दुर्घटना हुँदा १ महिलासहित ३ जनाको मृत्यु भएको छ । जीप कच्ची सडकबाट २ सय मिटर तल महेशखाेला किनार खेतमा पुगेकाे थियाे ।

 

कच्ची सडकबाट पृथ्वी राजमार्गमा ओर्लंदै गरेको ग २ च ४५ ७२ नम्बरको जीप शुक्रबार बिहान भूमेस्थान-५, काेइरालेमा दुर्घटनामा परेको वैरेनी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लमजुङ गाउँशहर–६ निवासी २५ वर्षीय माधव धिताल , वेंसीशहर– १४ निवासी ३१ वर्षीय विष्णुबहादुर रावतको सनाखत भएको छ । अन्दाजी ४५ वर्षीय हरियो सुरुवाल, रातो कुर्ता र कालो ज्याकेट लगाएकी महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बिहान हुस्सु लागेको बेला राजमार्ग मुन्तिर झाडीमा कसैले नदेखेका कारण दुर्घटना कति बजे भएको भन्ने पत्ता लागेको छैन । प्रहरीले बिहान ७ बजे थाहा पाएको थियो ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: