Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > भूकम्पपीडितका दुःख जहाँको तहीँः प्राधिकरणका इन्जिनियर फिलिमका हिरो–हिरोइनको चर्चा गर्न व्यस्त (सुन्नुहोस अडियो)

भूकम्पपीडितका दुःख जहाँको तहीँः प्राधिकरणका इन्जिनियर फिलिमका हिरो–हिरोइनको चर्चा गर्न व्यस्त (सुन्नुहोस अडियो)

काठमाडौं – राष्ट्रिय पुननिर्माण प्राधिकरणका इन्जिनियरहरुलाई पुनर्निमार्णका लागि नक्सा कोर्नभन्दा चलचित्रको समिक्षा गर्न धेरै आँउछ भन्दा अचम्म नमान्नुहोला । शुक्रबार केन्द्रीय कार्यालयको कार्यकक्षमा २ दर्जन इन्जिनियर काम छोडेर नेपाली देखि हिन्दी सिनेमाको समिक्षा गर्दै होहल्ला गरिरहेका थिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका इन्जिनियरहरुको काम भूकम्पपछीको पुनर्निमार्णका लागि नक्सा कोर्नेदेखि अन्य प्राविधिक काम गर्नुपर्ने हो । तर उनीहरु कार्यालयको काम नै छोडेर घन्टौँसम्म नेपाली देखि हिन्दी सिनेमा र चलचित्रका नायक नायिकाको प्रसंशा र आलोचना गरिरहेका थिए ।

स्थानः शहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालय

समयः बिहान ११ बजेदेखि १२ बजेसम्म

रातोपाटी संवाददाता बिहान ११ बजे केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालय पुग्दा आयोजना प्रमुख शिवहरी शर्माको कार्यकक्ष सुनसान थियो । बरु उनको कार्यकक्ष भन्दा ३ कोठा परबाट स्कूलमा बिद्यार्थीहरुले हल्ला गरेझै आवाज आइरहेको थियो।

त्यो आवाज आएको कक्ष इन्जिनियरहरुको थियो ।

एक दर्जन इन्जिनियरहरु मध्ये अधिकांशको अगाडि ल्यापटप खुलेको थियो । तर उनीहरुको ल्यापटपमा अफिसको काम भइरहेको थिएन, बरु चलचित्र, हिरो–हिरोइनको समिक्षा भइरहेको थियो ।

“त्यो सलमान खान फिप्टी टु को बुढो भएर नि लाज छैन, तरुनी हिरोइनसँग नाँच्न…” खैरो–खैरो ज्याकेट लगाउने इन्जिनियरले भनिन् ।

“म त सलमान खानको डाइहार्ट फ्यान” अर्की इन्जिनियरको भनाई ।

“त्यो मुभि त कस्तो छ्या” हलमा अहिले चलिरहेको नेपाली चलचित्र सेतो सुर्यलाई अर्की इन्जिनियरले भनिन् ।

अर्को इन्जिनिरले कुरा शूरु गरे–“पिके हेरेको छ ?”

आमिर खानको पिके अनि आमिर खानको बारेमा केहीबेर कुरा गरेपछि अर्की इन्जिनियरले कुरा सुरु गरिन– “अतिथि तुम कव जाओगे, हेरेको हो, लास्टै कमेडी छ ।”

साहरुख खान र कट्रिना कैफले कुन–कुन फिल्ममा कस्तो डाइलग बोलेदेखि कुन–कुन हिरोइन मोटाएको सम्मको चर्चा चलिरहेको थियो । उनीहरुले सँगै कार्यरत केही महिला तथा पुरुष इन्जिनियरहरुको निकनेम समेत बलिउड नायक नायिकाको राखेका रहेछन् । एक घन्टासम्म पनि चलचित्र समिक्षा नसकिएपछि रातोपाटी संवाददाता इन्जिनियर कार्यकक्षबाट बाहिरिएको थियो ।

भूकम्पपछिको पुनर्निमार्णका लागि शहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले इन्जिनियरहरु परिचालन गरेको छ ।

पुनर्निमार्णको काम राेकेर अान्दाेलनकाे तयारीमा इन्जिनियर
भूकम्पपछिको पुर्ननिर्माणका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्र्तगत रहेका “इन्जिनियरहरु मज्जाले काममा खटेका होलान” भन्ने तपाईले अनुमान गर्नुभएको होला ।

शहरमा भएका इन्जिनियरहरु यसरी दिन बिताइरहेका छन् भने गाँउमा खटिएका इन्जिनियरहरु पनि अब शहर आएर आन्दोलन गर्ने मुडमा छन् ।

 

भूकम्प अतिप्रभावित राजधानी बाहेक ११ जिल्लाका इन्जिनियरहरुले सरकारले सेवा सुविधा नबढाए आन्दोलन गर्ने बताँउदै आएका छन् । ती जिल्लामा काम गर्ने इन्जिनियर, ओभरसियर र सब ओभरसियरले पुस ४ गतेसम्म सेवा सुविधा नबढाए सामुहिक राजिनामा दिएर काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

 

 

कसरी गरे इन्जिनियरले चलचित्र समिक्षा सुन्नुहोस अडियोः

 

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: