Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > रोहितको आक्रामक अर्धशतकको मद्दतले नेपालद्वारा भारतसामु १ सय ७३ रनको लक्ष्य

रोहितको आक्रामक अर्धशतकको मद्दतले नेपालद्वारा भारतसामु १ सय ७३ रनको लक्ष्य

काठमाडौँ – उन्नाइस वर्षमुनिको ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

नेपालले सुस्त शुरुवात गरे पनि पहिलो विकेटको लागि ३६ रनको साझेदारी गरेको थियो । तर,

१४.४ ओभरमा नेपाल एकैपटक ३८ रनको क्षतिमा ४ विकेटको स्थितिमा पुगेको थियो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरले नेपालको पारी सम्हालेका थिए । श्रीलंकाविरुद्ध ९० रन बनाउँदै नेपाललाई जीतको नजिक पुर्याएका ऐरले ३४ रन बनाए । उनी यश ठाकुरको बलमा बोल्ड हुनअघि ४ चौका प्रहार गरे ।

ऐरले १३ रन बनाएका प्रकाश केसीसँग ३५ रनको महत्पूर्ण साझेदारी गरे ।

रोहित पौडेलले अन्त्यतिर नटआउट रहँदै सर्वाधिक ६८ रनको योगदान दिएर सम्मानजनक स्कोरतर्फ नेपाललाई डोर्याए ।

अन्तिम ओभरमा उनले कमलेश नगरकोटीको बलिङमा लगातार छक्का, चौका, चौका, छक्का र चौका प्रहार गर्दै २४ रन जोडेका थिए ।

भारतका लागि राहुल चाहरले ५ विकेट लिए ।

हिजो भएको खेलमा श्रीलंकासँग नेपाल जीतको नजिक पुगेर एक रनको झिनो अन्तरले पराजित भएको थियो ।

श्रीलङ्काले नेपाललाई दिएको २२८ रनको चुनौती पछ्याउने क्रममा नेपालले अन्तिम ओभरमा २२६ रनमा आलआउट हुन पुग्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ९० रन बनाए पनि अन्तिम ओभरमा आउट हुँदै नेपाललाई जित दिलाउनबाट बञ्चित रहे ।

श्रीलङ्कामा जारी प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् ।

त्यसैगरी समूह बी मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

 

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: