Monday, July 24, 2017
Home > नेपाली समाचारहरु > समाचार > संक्रान्ति बजारमा हेर्दाहेर्दै खरानी भो २९ घर [फोटोहरु]

संक्रान्ति बजारमा हेर्दाहेर्दै खरानी भो २९ घर [फोटोहरु]

भीषण आगलागी

पुस १, २०७३- संक्रान्ति बजारमा शुक्रबार भएको आगलागीमा परी ३२ घर जलेर नष्ट भएका छन् । करोडौंको धनमाल जलेको छ । १२ बजे सुरु भएको आगो ४ बजे यिन्त्रणमा आएको थियो । आगलागीमा परी २७ वटा पसल जलेका छन् ।

पाँचथरको फिदिमबाट आएको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपाली सेनाले आगो नियन्त्रणमा लिएका हुन् । आगो निभाउन पाँचथरको फिदिमबाट नेपाली सेना र प्रहरीको थप बल संक्रान्ती आएको थियो । आगलागीमा परी २९ घर जलेको र ३ वटा घर अन्यत्र आगो फैलीन नदिन डोजर लगाएर भत्काइएको प्रहरी नायव उपरीक्षक भाग्यन्द्र पुरुष ढकालले बताए । आगलागीमा परी ३२ घरका ५६ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

स्थानीय टंक सेढाईंको घरबाट आगो सुरु भएको हो ।

संक्रान्ति बजारमा लागेको आगो। तस्बिर सौजन्य : अमृत बाँस्तोला

आगलागी भएपछिको संक्रान्ति बजार ।

आगलागी हुनुभन्दा पहिलेको संक्रान्ति बजार ।

Comments

comments

Leave a Reply

%d bloggers like this: