Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > संक्रान्ती बजारमा भीषण आगलागी, २१ घर जलेर नष्ट

संक्रान्ती बजारमा भीषण आगलागी, २१ घर जलेर नष्ट

पुस १, २०७३

तेह्रथुमको आठराईस्थित संक्रान्ती वजारमा भीषण आगलागी भएको छ । ३ घण्टाअघि शुरु भएको आगलागीबाट अहिलेसम्म २१ घर जलेर नष्ट भएका छन् ।

स्थानीय अग्नी सेडाईको घरबाट शुरु भएको आगलागीबाट बद्री सेढाई, दिपेस सिटौला, अमृत गहतराज, सुर्य गुरुङ, नारायणी गुरङ, खड्ग आले, पुर्ण वहादुर आले, वुुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतका २१ घर जलेर नष्ट भएको हो ।

अपरान्ह १२ बजेवाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ ।

भर्खरै पाँचथरको फिदीमवाट पुगेको दमकलको सहायतामा स्थानीयबासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । वजारका अन्य घरमा आगो सल्किन नदिन डोजर लगाएर घर भत्काउने कार्य भैरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले वताउनुभयो ।

आगलागीको कारण खुल्न सकेको छैन । यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक वैठक अहिले बसिरहेको छ । बैठकमा सवै प्रकारका संयन्त्र प्रयोग गरेर भए पनि आगो नियन्त्रणमा लिने र पीडितलाई जतिसक्दो चाँडो राहत पुर्‍याउनेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिनुभयो ।

 

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: