Saturday, November 18, 2017
Home > नेपाली समाचारहरु > समाचार > सामूहिक बलात्कारका अभियुक्त पक्राउ

सामूहिक बलात्कारका अभियुक्त पक्राउ

दुई साताअघि १९ वर्षीया किशोरीमाथि भएको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चित्रवन २ सारदानगर, चितवनका २१ वर्षीय प्रदीप थापा, गुलरिया ७ का १९ वर्षका पारस गुप्ता र गुलरिया ९ का १७ वर्षीय राजेश भन्ने अभिषेक बैगार छन् ।

प्रहरीले थापालाई चितवनबाट पक्राउ गरी बर्दिया ल्याएको हो । घटनास्थल नजिकै पीडित युवतीले एक अभियोगीको पहिचान गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गुलरियास्थित कोटही मन्दिर नजिकैको रहर बारीमा युवतीलाई जबरजस्ती मुख थुनेर सामूहिक बलात्कार गरिएको प्रहरी उपरीक्षक भरत बोहोराले बताए । नेपाली सेनामा भर्ना हुनका लागि शारीरिक व्यायाम र नियमित दौड गर्दै गरेको अवस्थामा बिहान करिब ६ बजे युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।

श्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: