Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > मोटरसाइकल भन्दा महँगो हेलमेट

मोटरसाइकल भन्दा महँगो हेलमेट

मोटरसाइकल नेपालमा सबैभन्दा धेरै गुड्ने सवारी साधन हो ।

आव २०६२-६३ सालसम्म नेपालमा जम्मा ५ लाख सवारी साधन दर्ता भएका छन । गत आर्थिक वर्षसम्ममात्र साढे २३ लाख पुगिसकेको छ। यो बीचमा १५ लाख त मोटरसाइकलमात्र थपिएका छन् भने चालु वर्षको चारमहिनामै १ लाखभन्दा बढी मोटरसाइकल भित्रिसकेका छन् ।

दुर्घटना हुनेमा पनि मोटरसाइकल नै बढी पर्छन्। हेलमेटलाई मोटरसाइकल चालकको सुरक्षाको प्रमुख कवजका रुपमा लिइन्छ। मोटरसाइकल चालक दुर्घटनामा पर्दा टाउकोमा चोट नलागोस भन्ने हेतुले हेलमेट प्रयोग गरिन्छ।

नेपालमा धेरैजसोले सस्तो हेलमेट लगाउँछन् । त्यो सुरक्षाको दृष्टिले बलियो हुदैँन। हामी मोटरसाइकल भने महँगो रकम हालेर किन्छौं, हेलमेट भने १ हजारदेखि ३ हजारसम्म मात्रको प्रयोग गर्छाै। मोटरसाइकल प्रयोगकर्तामा आएको वृद्धिसँगै नेपालमा हेलमेटको आयात पनि बढेको छ। हाल नेपालमा भारत, चीन, थाइल्याण्ड, फ्रान्स, अमेरिका लगायातका देशबाट हेलमेट आयात हुँदै आएको छ ।

तर आयातित हेलमेट पनि विभिन्न मूल्य र गुणस्तरका छन जहाँ कम्तिमा ६ सयदेखि बढिमा १ लाख ८० हजार मूल्य सम्मका हेलमेट नेपालमा पाइन्छ जबकी सबैभन्दा महँगो हेलमेटको मूल्य केहि मोटरसाइकलको भन्दा ज्यादा हो ।

महँगा हेलमेट

हाल नेपालमा पाइने हेलमेटहरु मध्ये एजीभी सोललुना २०१६ नामक हेलमेट सबैभन्दा महँगो रहेको छ जसको मूल्य १ लाख ८० हजार रुपैंयाँ रहेको छ । उच्च सुरक्षा गुणस्तरीय यस हेलमेट बाइक राइडरहरुको लागि उत्कृष्ट मानिन्छ । मोटो जीपी २०१६ देखि प्रयोग चर्चित ‘बाइक राइडर’ भ्यालेन्टिनो रोसीले यो हेलमेट लगाउँदैँ आएका छन्।

यस हेलमेटको विशेषता भनेको यसको प्रयोग गर्दा श्वास प्रश्वास सहज बनाउन इन्टिग्रेटेड भेनटिलेसन सिस्टम (आइभिस) प्रणालीको प्रयोग गरिएको छ भने यसको भित्रि प्याडिङलाई झिक्न र सफा गर्न समेत सकिन्छ ।
कार्बन फाइबर सेल सरक्षाको यस हेलमेटमा पिन लक सहितको एन्टी फग रेस भाइजर, अल्ट्रा भाइलेट रे प्रतिरोधक तथा स्कर्याच नहुने खालको रङ्गको प्रयोग भएको छ । हेलमेटस नेपाल नामक कम्पनिले बेच्ने यस हेलमेट ४ भिन्न साइजमा उपलब्ध छ ।

यसका अतिरिक्त १ लाख भन्दा बढिका नेपालमा पाइने हेलमेट १ लाख ३८ हजार मूल्यको एजीभी कोर्सा मिसानो २०१४ तथा १ लाख ३५ हजारको एजीभी पिस्टा जीपी प्रोजेक्ट ४६ २.० रहेका छन।

सस्ता मोटरसाइकल

बजारमा एजीभी सोललुना २०१६ मोडलको हेलमेट भन्दा सस्ता मोटरसाइकल बजारमा थुप्रै रहेका छन । १ लाख ८० हजारको यस हेलमेट भन्दा कम मूल्यका मोटरसाइकलहरु विभिन्न कम्पनीले बेच्दै आएका छन ।

हिरो कम्पनीको सुपर स्पलेन्डर, ग्लयामर लगायातका थुप्रै मोडल तथा यामाहा कम्पनीको वाइबिआर, अल्फा, सलुटो लगायतका थुपै मोडल, बजाज कम्पनीको डिस्कोभर, प्लाटिना झैं टिभीएस, सुजुकी कम्पनीका थुप्रै मोडलका भिन्न सीसीका मोटरसाइकलहरु बजारमा कम मूल्यमै उपलब्ध छन ।

 

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: