Saturday, October 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > खोटाङ जाँदै गरेको जीप सुनकोशी नदीमा खस्यो, ६ जनाको मृत्यु

खोटाङ जाँदै गरेको जीप सुनकोशी नदीमा खस्यो, ६ जनाको मृत्यु

दुई महिला गम्भीर, एकजना बेपत्ता

 

पुस ३, २०७३- सुनकोसी नदीमा स्कार्पियो जीप खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो जीप सिन्धुलीको रत्नावती-३, सुखुखोलानजिक मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा खस्दा ६ को मृत्यु भएको हो । दुई जना गम्भीर भएका र एक जना हराइरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई गम्भीर घाइते महिलालाई उपचारका लागि उदयपुरको घुर्मीमा लगिएको छ ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ दिउँसो २:३० मा नदीमा खसेको थियो । जीपमा नौ जना सवार रहेको अनुमान गरिएको छ । अहिले उद्धार कार्य चलिरहेको छ ।

Comments

comments

Leave a Reply

%d bloggers like this: