Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

४ पुस, काठमाडौं । उपाधिको दाबेदार आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थामा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ के जित निकालेको हो ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा आर्सनलले पाँचौ मिनेटमा नै वालकाटको गोलबाट अग्रता लिएको थियो । र, पहिलो हापमा यो अग्रता कायमै राख्यो ।

र, दोस्रो हाफको सुरुमा नै सानेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ७१ औं मिनेटमा स्टर्लिङले गोल गरे ।

पहिलो हाफमा पछि परेको सिटीमा उसका मुख्य खेलाडी एग्युरोको अभाव खड्किएको थियो । जुन, भूमिका दोस्रो हाफमा केभिन डि ब्रुयेनले निभाए । उनकै पासमा स्टर्लिङले गोल गरे ।

यो जितसँगै म्यानचेष्टर सिटी १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर चेल्सीभन्दा अझै ७ अंकले पछाडि छ ।

श्रोत: अनलाइनखबर

Comments

comments

Leave a Reply

%d bloggers like this: