Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > हत्याको विरोधमा बुटवलमा प्रदर्शन, स्थिति तनावपूर्ण

हत्याको विरोधमा बुटवलमा प्रदर्शन, स्थिति तनावपूर्ण

बुटवलः युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ। एमाले भातृ संगठन युवा संघ नेपालले मंगलबार विहान बुटवलमा प्रदर्शन गरेको हो।

युवा संघले जिल्लाको देवदह, भैरहवा, सालझण्डी, सैनामैना क्षेत्रमा प्रदर्शन गरेका थिए। संघले अनिश्चितकालिन रुपन्देही बन्द आह्वान गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै बुटवलको राजमार्ग चौराहामा ना ३ ख ६८३४ नम्बरको ट्रक तोडफोड गरेका छन्। ट्रकको अगाडिको सिसा फोडेका छन्।

युवा संघले राजमार्ग चौराहाबाट निकालेको र्‍याली बजार परिक्रमा गर्दै पुष्पलालपार्कमा कोणसभा गरेका छन्। कोणसभामा बोल्दै नेताहरुले अपराधिलाई तत्काल कारबाही गर्न सरकारसंग माग गरेका छन्।

उनीहरु जनतालाई सुरक्षा दिन नसक्ने सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन्। जिल्ला बन्दका कारण यस क्षेत्रको जनजीवन ठप्प बनेको छ ।

 

स्रोत: अन्नपुर्ण पोष्ट

Comments

comments

Leave a Reply

%d bloggers like this: