Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > एउटै डोरीमा झुण्डिएर ‘प्रेमीप्रेमिका’ ले गरे आत्महत्या

एउटै डोरीमा झुण्डिएर ‘प्रेमीप्रेमिका’ ले गरे आत्महत्या

पुस ६, २०७३- सुर्मा गाविसका दुई जनाले एकै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । सुर्मा-४ का २२ वर्षीय पुरन बोहरा र सोही ठाउँकी १७ वर्षीया संगीता बोहरा एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

मंगलबार साँझ घरबाट बेपत्ता भएका उनीहरु सुर्मा गाविस वडा ७ र ८ को बीचमा पर्ने भाटसेरी सामुदायिक वनमा लालीगुराँसको बोटमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

पुरन विवाहित हुन् । उनका २ जना बच्चा समेत रहेको र केही समयदेखि संगीतासँग पनि प्रेममा रहेको उनका छिमेकीहरुले बताएका छन् । उनीहरुले किन आत्महत्या गरे भन्ने कारण खुल्न नसके पनि प्रेम सम्बन्धकै कारण बहकिएर आत्महत्या गरेको हुन सक्ने आफन्तहरुको अनुमान छ ।

घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले बताए ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: