Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > मेलबर्नमा नेपाल फेष्टिबलमा सहभागी सुष्मा केसीलाई ग्रेसको ल्यापटप उपहार!

मेलबर्नमा नेपाल फेष्टिबलमा सहभागी सुष्मा केसीलाई ग्रेसको ल्यापटप उपहार!

मेलबर्न । गत शनिवार अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न नेपाल फेष्टिबलमा सहभागी सुष्मा केसीले ल्यापटप उपहार प्राप्त गरेकी छिन् ।

फेष्टिबलमा सहभागी हुनेहरु मात्र एकजना भाग्यशाली विजेतालाई ल्यापटप उपहारको घोषणा गरेको ग्रेस इन्टरनेशनल एडुकेशन एण्ड माइग्रेसनले विजेता केसीलाई एचपी ल्यापटप हस्तारण गरेको हो । फेष्टिबलमा एडुकेशनल र माइग्रेशन सम्बन्धी परामर्श प्रदान गर्न ग्रेस इन्टरनेशनल राखेको स्टल विजिट गरेका करिब ५ सय जनामध्येबाट सुष्मा केसी भाग्यशाली विजेता चयन भएकी हुन् ।

फेष्टिबलमा सहभागी हुने क्रममा साथीहरुसँगै ख्याल ख्यालमा कुपन भरेको बताउँदै सुष्माले साँच्चिकै ल्यापटप उपहार पाउँदा खुशी लागेको बताईन् । हाल मास्टर्स इन एकाउन्टिङ अध्ययनरत उनले ग्रेसका तर्फबाट प्राप्त ल्यापटपले आफ्नो आगामी पढाइलाई थप मद्दत पुग्ने विश्वास व्यक्ति गरिन् ।

सन् २००६ मा नेपालमा स्थापना भएको ग्रेस इन्टरनेशनलले अहिले अष्ट्रेलियाको सिड्नी र मेलबर्न सहित अन्य शहरहरुमा समेत आफ्नो कार्यालय विस्तार गरि एडुकेशन तथा माइग्रेशनको क्षेत्रमा भरपर्दो परामर्श सेवा प्रदान गर्दै आएको छ ।

 

स्रोत: हिमालयन कंगारू

Comments

comments

Leave a Reply

%d bloggers like this: