Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > समाचार > कार्कीको योग्यतामाथि अन्तिम सुनुवाई सुरु हुँदै

कार्कीको योग्यतामाथि अन्तिम सुनुवाई सुरु हुँदै

पुस ७, २०७३ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तीको बैधतामा प्रश्न उठाँउदै दायर भएको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाई सुरु हुँदैछ ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसंगै निलम्बनमा परेका कार्कीको योग्यताको प्रश्नमाथि सर्वोच्चमा आजदेखी बहस शुरु हुन लागेको हो । गत मंसिर १६ गते मुद्दाको पेशी तोकिएपनि कार्की पक्षका बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाउदै पेशी हटाउन निवेदन दिएपछि सर्वोच्चले आजका लागि तोकेको थियो ।

न्यायाधीशहरु जगदीश शर्मा पौडेल, र्इश्वर प्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले दुवै पक्षका कानुन व्यवसायीबाट अर्को पटक हटाउन नमिल्ने गरि कार्कीविरुद्धको रिटमाथिको सुनुवाईको पेशी आजका लागि तोकेको थियो ।

यद्यपी आज बार दिवस परेकाले कार्की पक्षका कानुन व्यवसायीहरुले आजको पेशी हटाउनका लागी निवेदन दिए के गर्ने भन्ने बिषयले आजको सुनुवाई निर्धारण गर्ने सम्भावना छ ।

कार्कीविरुद्धको रिटमा दुवै पक्षका कानुनव्यवसायीहरुले २० बर्षे सेवा अवधिको योग्यता, तत्कालिन अवस्थामा चलिरहेको प्रशासनिक कारवाही र उच्च नैतिक चरित्रसम्बन्धी बिषयमा बहस गर्नेछन् । कार्कीको पक्षमा ५० बढी कानुन व्यवसायी बहसका लागि नाम टिपाएका छन् ।

 

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: