Monday, July 24, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > पक्राउ परेकालाई छाड्न कार्कीको आग्रह

पक्राउ परेकालाई छाड्न कार्कीको आग्रह

काठमाडौँ, पुस ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।

निलम्बित प्रमुख आयुक्त कार्कीले आज एक प्रेस विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो । सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताउनुभएको छ ।

आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उहाँले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गर्नुभएको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ताले निलम्बित प्रमुख आयुक्त कार्कीलाई बिहीबार सर्वोच्च अदालत परिसरमा नै दुव्र्यवहार गरेका थिए । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: