Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > हिन्दु धर्मको विषयमा जनमत संग्रह हुनुपर्छः युवा संघ अध्यक्ष राजीव पहारी

हिन्दु धर्मको विषयमा जनमत संग्रह हुनुपर्छः युवा संघ अध्यक्ष राजीव पहारी

पुस ८, २०७३

सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसददेखि सडकसम्म आन्दोलनमा छ। उसले आफ्ना भातृ संगठन युवा संघ र अनेरास्ववियूलाई सडकमा उतारेको छ। आन्दोलनलाई एमालेले राष्ट्रियताको पक्षमा भनेको छ। त्यहीँ आन्दोलनका क्रममा सडकमा चर्का नारा लगाउँदै उसका कार्यकर्ताले एमालेलाई राष्ट्रवादी तथा अरुलाई राष्ट्रघाती, जनघाती र लेण्डुप दोर्जे भनिरहेका छन्। यसबाट राजनीतिका नाममा घृणा फैलाउने काम भैरहेका छ भन्ने टिका टिप्पणी पनि भैरहेका छन्। त्यस्तै एमालेको आन्दोलनमा संघीयता र धर्मनिरपेक्षता विरोधी स्वर पनि देखिएका छन्। यिनै विषयमा केन्द्रित रहेर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारीसँग थाहा सञ्चार नेटवर्कका दीपेन्द्र कुँवरले गरेको कुराकानीः


तपाईँहरु सडक आन्दोलनमा हुनुहुन्छ। यो आन्दोलन हो वा घृणाको राजनीति?

यो राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय अक्षुण्णता जोगाइराख्नको निम्ति समृद्ध नेपाल निर्माणको निम्ति हामीले आन्दोलन अगाडि बढाइरहेका छौँ।

यसमा गालीको ठाउँ अलि बढी भयो भन्ने पनि छ, त्यसैले सोधेको।

गालीको ठाउँभन्दा पनि सत्यतत्थ्य कुराहरु बाहिर ल्याउन निम्ति हामी लागिरहेका छौं। किनकि यो संविधान निर्माण भएको १५ महिना भइसक्यो। संविधानको प्रभावकारी ढंगबाट कार्यान्वयन हुन सकेको छैन। यो नयाँ संविधान नेपाली जनताले ७५ वर्षदेखि राजनीतिक आन्दोलन गरेर प्राप्त भएको ऐतिहासिक र महान उपलब्धि हो। यसलाई संस्थागत गर्ने, संविधानलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने र २०७४ माघ ८ भित्र तीनवटै तहका निर्वाचन सम्पन्न गर्ने अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो। तर, ’कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर’ भनेजस्तै सरकार अलिकति अलमलिएको हो कि, संविधानको प्रभावकारी कार्यान्वयन गर्न छोडेर संशोधनतिर लागेर डेडलकमा राख्न खोजेको हो कि भनेर हामीले रचनात्मक र सृजनात्मक ढंगबाट आन्दोलनका गतिविधिहरु अगाडि बढाएका छौं। जसले गर्दा सरकारलाई प्रेसर परोस् र संविधान संशोधनको कुरालाई स्थगित गरेर संविधानको कार्यान्वयन, समृद्ध नेपाल निर्माण गर्ने दिशामा हामी सबै लागौं भनेर आन्दोलन गरिरहेका छौँ।

यसका लागि दबाब दिँदा घृणाका अभिव्यक्ति किन दिने? मधेसी दलका नेता, प्रधानमन्त्री, कांग्रेस सभापतिलाई राष्ट्रघाती भन्ने लेण्डुप दोर्जे भन्ने, कहिले टाउको काटेर फुटबल खेल्ने भन्ने, यस्तो घृणाको राजनीतिले सही ठाउँमा लैजान्छ त?

विरोध गर्दा र अभिव्यक्ति दिँदा पनि राजनीतिक रुपले दिनुपर्छ। अराजनीतिक र अशिष्ट ढंगले गर्नुहुन्न भन्ने मेरो मान्यता छ।

मेरो प्रश्न- तपाइँहरुको आन्दोलनमा यस्तो किन भयो? टाउको काटेर फूटबल खेल्ने कुरादेखि लिएर राष्ट्रघातीसम्म।

 

आन्दोलनका सन्दर्भमा कहीँ कतै साथीहरुले भन्नुभएको हो भने त्यसलाई आत्मसमीक्षा गर्नैपर्छ। त्यसलाई रियलाइज गर्नैपर्छ।

टाउकोको फुटबल खेल्छौं भनेर हामीले भनेका छैनौं। आन्दोलनका सन्दर्भमा कहीँ कतै साथीहरुले भन्नुभएको हो भने त्यसलाई आत्मसमीक्षा गर्नैपर्छ। त्यसलाई रियलाइज गर्नैपर्छ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री प्रचण्डको टाउकोको फुटबल खेलिन्छ भन्नुभयो त।

त्यो उहाँले नभनेको हुनुपर्ने, मैले ट्वाक्कै सुनिनँ, सोध्दाखेरि मैले भनेको होइन भन्नुभयो। यदि त्यो हो भने अराजनीतिक शब्दको उच्च रुप हो। जहाँसम्म लेण्डुप दोर्जेको प्रसंग छ, संविधान निर्माण गर्ने बेलामा पनि छिमेकीले नदिएको, समथर भूभाग जति सबै एक मधेस प्रदेश हुनुपर्छ भनेर कुरा आइरहेको र प्रदेश सभा नभएको अवस्थामा सीमांकन हेरफेर प्रस्ताव संविधान विपरीत आएकोले कतै हाम्रा नेताहरु जाने र वा नजानेर बुझेर वा नबुझेर अभिमन्यू झैं परिबन्दमा पर्नुभएको हो कि, लेण्डुप दोर्जे बन्नतिर उन्मुख हुनुहन्छ कि भनेर मैले आफैले बोलेको हो त्यसको जिम्मेवारी म लिन्छु। तर हामी नयाँ नेपाल निर्माण गर्ने भनेर लागिरहेका छौं भने असभ्य र अशिष्ट खालका, आपराधिक र अराजनीतिक खालका शब्दहरु प्रयोग गर्नुहुँदैन भनेर हामी सजग र सचेत छौँ। त्यस्तो भएको छ भने हामीले आत्मसमीक्षा गर्नैपर्छ।

अझ यो बामपन्थी धारामा बढी छ, पहिले माओवादीले एमालेलाई राष्ट्रघाती जनघाती भन्थ्यो, तपाइँको पार्टी एमाले फुटेर माले बनेपछि मालेका नेताहरुले एमालेलाई राष्ट्रघाती जनघाती भनेर अभिव्यक्ति दिए। बामपन्थी धारामै यस्तो पुनरावृत्ति किन हुन्छ?

अहिले तीन दलको नयाँ कुरा आएको छ, यो संविधान संशोधन प्रस्तावको स्थगन गरेर स्थानीय निर्वाचन गर्ने। त्यो भयो भने हामी स्वागत गर्छौं। हामीले आन्दोलन रोक्छौं। किनभने हामीले चाहेकै संविधानको प्रभावकारी कार्यान्वयन हो।

तपाईँको प्रश्न म अलिकति संशोधन गर्न चाहान्छु। हामीले भनिरहेको हैन, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ताको निम्ति हामीले आन्दोलन गरिरहेका छौँ। त्यो आन्दोलन गरेको जनताले पनि महशुस गरिरहेका छन्। अहिले राष्ट्रिय स्वाधिनताको आन्दोलनको बाहक युवा संघ, विद्यार्थी संगठन भइरहेका छन्। हामीले भनिरहेका छैनौ। सत्ताको लेनदेन भनेको राष्ट्रियता, जनतन्त्र, जनजिविकाका विषयमा कोहीसँग कम्प्रमाइज हुँदैन। जस्तो अहिले तीन दलको नयाँ कुरा आएको छ, यो संविधान संशोधन प्रस्तावको स्थगन गरेर स्थानीय निर्वाचन गर्ने। त्यो भयो भने हामी स्वागत गर्छौं। हामीले आन्दोलन रोक्छौं। किनभने हामीले चाहेकै संविधानको प्रभावकारी कार्यान्वयन हो। आज मुलुकमा यतिधेरै भ्रष्ट्राचार व्यप्त छ। त्यो भएको भनेको स्थानीय निकाय नभएका कारण हो। स्थानीय निकायको निर्वाचन गराउने भनेको संविधान कार्यान्वयन गराउने हो। यो मुभमेन्ट सत्ताको लेनदेनको विषय बन्दैन। हामीले अहिले मुख्य चाहेको भनेको संविधान कार्यान्वयन हो।

सत्तासँग लेनेदन हुन्न आन्दोलनको भनेर कसरी पत्याउने?

शंका र विश्वास सँगसगै हुनुपर्छ। हामी अग्नि परीक्षामा खारिन तयार छौं।

तपाईँहरुमाथि अहिले भैरहेको शंका र उठेको अर्को प्रश्न तपाईँहरु घुमाइफिराई संघीयताको विरोध गर्दै हुनुहुन्छ। कुरा के हो?

संघीय लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको आन्दोलनको मुख्य माग हो। त्यसो भएर हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिवद्ध छौं। कागले कान लग्यो भन्दैमा कागको पछाडि दगुर्नुको त के अर्थ हुन्छ र? तर संघीयताको नाममा नेपाल भनेको जन्मदिनको केक त होइन, जसलाई जसरी मन लागे पनि काटे हुने। संघीयता अबलम्बन गरिरहेको बेला त्यसले राष्ट्रलाई विभाजित गर्ने, राष्ट्रलाई टुक्र्याउने, सामाजिक सदभाव बिथोल्ने खालका गतिविधि हुनु भएन। संघीयताले जनतालाई अधिकार दिन सक्नुपर्छ। जनताले आफ्नो निर्णय आफै गर्न सक्ने खालको अवस्था सिर्जना गर्नुपर्छ। मुलुक र जनताको सम्मृद्धिमा त्यसले भूमिका खेल्नुपर्छ। खेलेन भने संघीयता भन्ने कुरामात्रै आफैमा क्रान्तिकारी र अग्रगामी कुरा होइन।

कता जाँदैछ? तपाईँले विखण्डनको कुरा, सामाजिक सदभावको जे कुरा गर्नुभयो नि?

संघीयताको नाममा राष्ट्रिय एकतामा खलल पुर्‍याउने गतिविधि हुनु भएन। संविधान संशोधन स्थगन गरी मुलुक निर्वाचनमा जान्छ।

राज्य पुर्नसंरचना नगरी चुनावमा जाने कुरा त संघीयता विरोधी भएन र?

अस्थायी खालको हो नि त यो चुनाव। निकास त हुनुपर्‍यो नि त। मुलुकलाई सधैं डेडलकमा राख्न त भएन नि। नहुन चाहिँ कानो मामा जाति भने जस्तै।

मुलुक प्रतिगमनतिर जाँदैछ भन्ने टिप्पणी भैरहेका छन्, स्थानीय चुनाव पुरानै संरचनामा गर्ने, प्रधानमन्त्री र कांग्रेसको सभापतिले गणतन्त्र गुम्दैछ भनेर बोल्ने। तपाईँलाई के लाग्छ ?

अहिले हिन्दू धर्मको कुरा उठिरहेको छ। त्यसलाई राजतन्त्रसँग जोडेर हेर्नुहुन्न। धर्मको विषय र राजतन्त्रको विषय फरक कुरा हुन, त्यसैले यसलाई प्रतिगमन भन्न मिल्दैन। हिन्दू धर्मलाई अरु कुरातिर नजोडौं।

परिवर्तनले जनताको जीवनमा परिवर्तन पनि त ल्याउनु पर्‍यो नि? संघीय लोकतान्त्रिक गणतन्त्र आएको जनताले कति अनुभूति गरे? त्यो पनि महत्वपूर्ण कुरा हो। मुलुक प्रतिगमनतिर जान्छ जस्तो मलाई लाग्दैन। तर केही केही कुरामा बहस हुन्छ। हुन त मैले पनि निश्चित राजनीतिक जनै लगाएको छु। अहिले हिन्दू धर्मको कुरा उठिरहेको छ। त्यसलाई राजतन्त्रसँग जोडेर हेर्नुहुन्न। धर्मको विषय र राजतन्त्रको विषय फरक कुरा हुन, त्यसैले यसलाई प्रतिगमन भन्न मिल्दैन। हिन्दू धर्मलाई अरु कुरातिर नजोडौं।

तपाईँ भन्न खोज्दै हुनुहुन्छ, हामीले संविधानमा धर्मनिरपेक्षताको जुन व्यवस्था गर्‍यौँ, त्यसमा फेरि बहस, व्याख्या र पूनर्विचार हुन्छ, हुनुपर्छ?

जनता सर्वोपरी हुन्। धर्मको विषयमा जनमत संग्रह हुँदा आपत्तिको विषय के छ? फेरि त्यो भन्ने बित्तिकै म खुमबहादुर खड्काको लाइनमा वा कमल थापाको लाइनमा उभिएको हैन। त्यो उकुसमुकुस छ। त्यसलाई पनि त पर्यो भने निकास दिनुपर्ने हुन्छ। धर्मलाई राजसंस्थासित जोड्नु हुँदैन। राजसंस्था समाप्त भइसक्यो, त्यो एकादेशको कथा हो। नेपालमा राजतन्त्र आउछ भन्नु त मरेको मान्छेलाई फेरि जिवित बनाउन सकिन्छ भन्नु जत्तिकै हो।

तर तपाईँलाई लाग्छ धर्म निरपेक्षताको विषयमा बहस हुन्छ ?

बहस हुन्छ। तपाईँलाई यत्ति कुरो भन्नु, हामी धर्म निरपेक्ष मुलुक हैन त तर दशैं, तिहार, जनैपूर्णिमा, तीज यी सबै नाममा हामीले तीन चार महिना किन बिदा गर्छौं? छोराले बाबुलाई ढोग्ने कुरो कहीँ लेख्या हुन्छ? तर ढोग्छौं नि त। म खुलेआम भन्छु हामी ९० प्रतिशत हिन्दू भएर नै आज ३–४ महिना बिदा होला नि त दशैं, तिहार, चाडपर्वको नाममा। यो बोल्दा प्रतिगामी भन्ने आरोप पनि लाउलान्। अग्रगामी कुरा गर्दा कहिलेकाँही के बोल्दैछु भन्ने कुरामा म चासो राख्दिन। तर हिन्दु धर्मको विषयमा त भोलि पर्‍यो भने जनमत संग्रहमा जान पर्ने हुनसक्छ। धर्म आस्थाको कुरा हो, संस्कारको कुरा हो।

यो तपाईँको मात्र कुरा हो कि तपाईँको सांगठनिक कुरा हो?

हैन, यो उकुसमुकुस भएपछि मेरो व्यक्तिगत कुरा हो। यस्तै कुराहरुले भोलि विचार निर्माण हुन्छ। मैले भित्र नै यो कुरा चलाएको छु। हामीले धर्मलाई अरु कुरासँग जोड्नुहुन्न। तपाईँ नै भन्नुस् नेपाल एकमात्र हिन्दू राज्य त थियो नि त। त्यो पहिचानले पनि त हामीहरु चिनिएका थियौं। त्यसलाई अरु प्रतिगामी सोंच, चिन्तन र संस्थाहरुसित जोड्नुहुँदैन।

यस्तै बहस संघीयताको छ यसबारे जनमत संग्रह गर्नुपर्छ भन्ने छ र यसलाई खारेज नै गर्नुपर्छ भन्ने पनि छन्। के भन्नुहुन्छ?

संघीयताको नाममा राष्ट्र टुक्र्याउन पाइन्न। संघीयता हाम्रो आन्दोलनको माग हो। संघीयताले मुलुकको विकास गर्नुपर्छ।

तपाईँलाई लाग्छ, सोचेजस्तो भएको छ?

तारमा ७ प्रदेशको विभाजन गर्‍यौँ। नेपालजस्तो सानो मुलुकमा ७ प्रदेश नि धेरै हो कि ! हिमाल पहाड तराई मिलाएर बनेका त्यही विकास क्षेत्रलाई ५ वटा प्रदेश बनाएर संघीय संरचनामा गएको भए राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्छ

भएन। २ नम्बर प्रदेश तराईका जिल्ला मात्र राखेर बनाउनु गल्ती हो। यसको वैज्ञानिक ढंगबाट विभाजन गर्नुपर्छ। संघीयता पोलिटिकल भन्दा पनि टेक्निकल विषय हो। हतारमा ७ प्रदेशको विभाजन गर्‍यौँ। नेपालजस्तो सानो मुलुकमा ७ प्रदेश नि धेरै हो कि ! हिमाल पहाड तराई मिलाएर बनेका त्यही विकास क्षेत्रलाई ५ वटा प्रदेश बनाएर संघीय संरचनामा गएको भए राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्छ, यसो सोच्दाखेरी।

तपाईँहरुले वैदेशिक हस्तक्षेपको कुरा गरेर भारतीय राजदूतलाई देश निकालाको कुरा गर्नुभएको छ। यो हामीले निम्त्याएको बढी हो वा उनीहरुको चासो बढी हो?

दोषी हामीहरु पनि छौं। हामीले दह्रो ढंगबाट तालाचाबी लगायौं भने चोरले चोर्न पाउँथेन। उत्तिकै दोषी भारतको विस्तारवादी सोच र हेपाहा प्रवृत्ति छ। भारतको अनावश्यक चलखेल छ। भारतका एकजना राजदूत जो कोही हुन् उनीहरु आफ्नो मर्यादामा बस्नुपर्छ। आफ्नो कुटनीतिक मर्यादामा बस्नुपर्छ। कूटनीतिक मर्यादा र सीमामा बसेन भने त्यस्ता राजदूतलाई देश निकाला नै गर्नुपर्छ।

 

स्रोत: थाहा खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: