Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > नयाँ वर्षको पिकनिक खान गएका विद्यार्थी सवार बस दुर्घटना, २ को मृत्यु

नयाँ वर्षको पिकनिक खान गएका विद्यार्थी सवार बस दुर्घटना, २ को मृत्यु

१८ पुस, बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको दुधौरा खोलाको पुलबाट बस खस्ता दुई जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

हेटौंडाको सहीद स्मारकमा पिकनिक खाएर सर्लाहीको परवानीपुर फर्किंदै गरेको ना ३ ख ७६६८ नम्बरको बस गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाही परवानीपुर वडानम्बर १ का १५ वर्षीया रबिना बज्यु र वडा नम्बर ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु थिए । उनीहरु अंग्रेजी नयाँ वर्षको अवसरमा पिकनिक खान हेटौंडा गएका थिए ।

 

स्रोत: अनलाईन खबर

Comments

comments

Leave a Reply

%d bloggers like this: