Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > ‘सडक विस्तारपीडित’को उपत्यका बन्दः प्रभाव सामान्य

‘सडक विस्तारपीडित’को उपत्यका बन्दः प्रभाव सामान्य

२० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले वुधबार आहृवान गरेको उपत्यका बन्दको सामान्य प्रभाव परेको छ ।

राजधानीका सडकमा निजी सवारसाधन गुडे पनि सार्वजनिक सवारी साधन भने निकै कम गुडेका छन् । सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भएको छ । बजारका पसलहरु पनि अरु दिनको तुलनामा कम खुलेका छन् । उपत्यकाका सडकमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति छ ।

सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति पाउनु पर्ने भन्दै उपत्यका बन्दको आहृवान गरेको हो ।

 

श्रोत: अनलाइनखबर

Comments

comments

Leave a Reply

%d bloggers like this: